दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु

दमकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय राईको मृत्यु

२८ जेठ । झापाको दमकस्थित दमक–मिक्लाजुङ कच्ची सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो राति दमक–३ को मावा पुलमा भएको दुर्घटनामा २२ वर्षीय सगुन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार राति १०ः५० बजेको समयमा मधुमल्लाबाट दुम्सेतर्फ आउँदै गरेको मे. ५ प ९७३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ १ स्थायी ठेगाना भई दमक ५ मा डेरा गरी बस्ने राई गम्भीर घाइते भएका थिए ।

टाउको, अनुहार र घुँडामा चोट लागेर उपचारको लागि आम्दा अस्पताल खरखरे दमकमा ल्याएकोमा राति ११ः३५ बजे डक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव सोही अस्पतालमा रहेको र मोटरसाइकल प्रहरी चौकी बाघखोरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर