लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराईको सजाय निर्धारण

३१ जेठ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईको सजाय निर्धारण भएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै..

काठमाडौंमा गर्मी बढ्यो

३१ जेठ । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको हो । काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार (आज) पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल..

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको निधन

३१ जेठ । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ। ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए । बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा..

बाह्रदशीमा अटोको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

३१ जेठ । झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर..

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।..

बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

३० जेठ । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फस्र्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१..

संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु

  ३० जेठ । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा..

गिरीबन्धु टी–इस्टेटको सातबुँदे स्पष्टीकरण सार्वजनिक

३० जेठ । गिरीबन्धु टी–इस्टेटले सातबुँदे स्पष्टीकरण सार्वजनिक गर्दै अदालतको फैसलाले टी–इस्टेटको जग्गाको सट्टापटा नरोकिएको तर्क गरेको छ। बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी टी–इस्टेटका अध्यक्ष छत्र गिरीले जग्गा आफूहरूको निजी भएको भन्दै राज्यले दिएको छुट प्रयोग गरेको दाबी गरे । उनले अब अदालतले भनेका सर्त पूरा गरेर नै टी–इस्टेट स्थानान्तरण गर्ने बताए । यस्तो छ सातबुँदे दाबी पत्र १. गिरीबन्धु टी–इस्टेटले भूमिसम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि..

भोजपुरबाट बलात्कार आरोपमा एक युवक पक्राउ

३० जेठ । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन्। मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको..

अर्काको नागरिकता दुरुपयोग गर्ने भारतीय नागरिक पक्राउ

३० जेठ । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय सुमन चापागाईलाई पक्राउ गरिएको बताइएको छ । बिहार मोतिहारी थाना केतवाड– ५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दैआएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो..