बाह्रदशी जेसीजद्धारा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण

२६ जेठ । बाह्रदशी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई बाह्रदशी जेसीजले अभिभावकत्व ग्रहण गरेको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तरगत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यस वर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो । योसँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित आवश्यक पर्ने स्टेसनरी सामग्री, जुत्तामोजा समेत प्रदान गरेको छ । विद्यार्थीलाई वर्षभरि पुग्ने कपी, पेन्सिल,डटपेन सहितका शैक्षिक सामग्रीसँगै स्कूल ब्याग समेत प्रदान गरिएको छ । बाह्रदशी..

सङ्खुवासभामा खोलाले बगाउँदा चार वर्षीय विद्यार्थीको मृत्यु

२४ जेठ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला–२, च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।  उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा खेल्न गएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।..

मनसुनजन्य विपद्बबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण

२४ जेठ । यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो । समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ । उक्त..

रोङ गाउँपालिका उपाध्यक्षले लगाईन् आफ्नै गाउँपालिकालाई आफ्नै गाडी भाडामा

२४ जेठ । इलामको रोङ गाउँपालिकाले आर्थिक स्रोतको चरम दुरुपयोग गरेको फेला परेको छ । गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास भुजेलका लागि भन्दै गाउँपालिकाले भाडामा लिएको बोलेरो जिप उनकै श्रीमानको रहेको खुलेको हो । गएको पौषमा गाउँपालिकाले उपाध्यक्षका लागि सवारी साधन भाडामा लिने निर्णय गरेको थियो । निर्णय लगत्तै उपाध्यक्ष भुजेलले बा. १५ च. ५७१ नम्बरको बोलेरो जिप खरिद गरी श्रीमान् बुद्धी बहादुर खवासको नाममा राखिन् । स्रोतका अनुसार २०१९ मोडेलको..

नेपाली सेनाको रणशार्दूल गणद्वारा इलाममा वृक्षरोपण

२४ जेठ । विश्व वातावरण दिवसको अवसरमा इलाममा रहेको नेपाली सेनाको रणशार्दूल गणले खहरे पुवाजुङ महिला सामुदायिक बनमा वृक्षरोपण गरेको छ। इलाम नगरपालिका वडा न ९ पागेटार क्षेत्रको वनको खाली पाखो जमिनमा विभिन्न जातका वृक्षरोपण गर्ने कार्य भएको हो । विश्व वातावरण दिवसको अवसरमा वनलाई हराभरा बनाउने उद्देश्यका साथ सो वनमा वृक्षरोपण गर्ने कार्य गरिएको गणपति प्रल्हाद घलेले बताउनुभयो । डिभिजन वन कार्यालयले इलाम र नेपाली सेनाको संयुक्त आयोजना भएको..

इलाममा पर्यटक लोभ्याउने ३६६ मिटर लामो झोलुङ्गे पुल

२४ जेठ । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग विसं १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ । अन्य विभिन्न पौराणिक, धार्मिक तथा..

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह बन्दै

२४ जेठ ।  मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए । ती सांसदले भने, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएका थियौं । अध्यक्षजीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नुभएको छ ।’ जसपा नेपालका..

मेची राजमार्गमा पिकअपसँग स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

२४ जेठ, झापा । झापा मेचीनगर नगरपालिका वडा नम्बर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक झापा बुद्धशान्ति–५ का अन्दाजी २५ वर्षीय लीलाप्रसाद ढुंगेल र सोही स्कुटरमा पछाडि बसेका इलाम रोङ–५ बहुवनका अन्दाजी २९ वर्षीय चेतन रिजाल रहेका छन् । हिजो राति १०ः४५ बजेको समयमा मेचीनगर १२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे. ७ प ७२८३ नम्बरको..

काठमाडौँ महानगरका निजी विद्यालयमा डेढ लाख विद्यार्थी भर्ना

२४ जेठ । यस शैक्षिक सत्रमा काठमाडौँ महानगरका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएका छन् । काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र  गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्– 'हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै..

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला..