कंञ्चनपुरको गड्डाचौकी नाका भोलिदेखि खुल्ने

१६ माघ, कंञ्चनपुर । नेपाल सरकारले सुदूरपश्चिमका भारतसँग जोडिएका सबै सिमानाका आज देखि खुला गरेको भए पनि कंञ्चनपुरको गड्डाचौकी नाका भने भोलि शनिवारदेखि मात्र खुला गर्ने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेपछि भोलि देखि गड्डाचौकी नाका खुला हुने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनुभयो । सीमा नाका खुला भएसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्ने..

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो । जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन्..

वेपत्ता प्रहरी जवानको शव फेला

४ कार्तिक, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको आज शव फेला परेको छ । वेपत्ता प्रहरी जवानको खोजतलास गर्दै जादा प्रहरी पोष्ट देखी तिन किलोमिटर दुरी मोहना नदीको बिच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायले बताउनुभयो । टाउको र घाटीमा धारिलो हतियारको चोटपटक देखिएकाले उनको पनि हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । धनगढी..

ठेक्का लिएर काम अलपत्र पार्ने शैलुङसहित तीन कम्पनीसँग स्पष्टीकरण माग

३ कार्तिक, काठमाण्डौँ । ठेक्का लिएर काम नगर्ने शैलुङसहित तीन कम्पनीसँग सडक डिभिजनले स्पष्टीकरण मागेको छ । सडक डिभिजन चौरजहारी रुकुम (पश्चिम)ले सूचना निकालेर काम सुरु हुन नसकेको उचित कारणसहितको स्पष्टीकरणसहित १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उपस्थित हुँदा कम्पनीका तर्फबाट कार्ययोजनार संशोधित तालिका पनि पेश गर्न निर्देशन दिईएको छ । भेरी नदी रुकुम प्रिस्ट्रेस आरसीसी ब्रिज अलपत्र पारिएको भन्दै सपना शैलुङसँग जेभी सुनाकोठी ललितपुरसँग स्पष्टीकरण मागिएको हो..

धनकुटा जिल्ला अस्पतालमा पिसिआर परीक्षण हुने

१४ भाद्र, धनकुटा । जिल्ला अस्पताल धनकुटामा पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईका अनुसार संघीय सरकारले पीसीआर परिक्षण मेसिन खरिद गर्न एक करोड बजेट पठाएको छ । पिसिआर परिक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रक्रिया सुरु भएको गुरागाईले बताउनुभयो । धनकुटामा पिसिआर परिक्षण मेसिन जडान भएपछि कोशी पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको स्वाब परिक्षण गरिने भएको छ ।..

कारागारबाट भागेका दुई सहित ४ फरार प्रतिवादी २० वर्षपछि पक्राउ

भदौ १२, कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका(६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका(३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका(४ बस्ने..

दार्चुलाका क्वारेन्टइनमा रहेकाहरुको स्वाब परिक्षण गर्न संकलन गरिदै

२९ चैत्र, दार्चुला । सुदुरपश्चिमी जिल्ला दार्चुलामा क्वारेन्टइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्न सुरु गरिएको छ । शनिवार (आज)देखि जिल्लाका विभिन्न स्थानियतहहरुमा स्थापना भएका क्वारेन्टाइनमा राखिएका ६ स्थानबाट स्वाब संकलन गर्न सुरु गरिएको बताईएको छ । कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि क्वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलनको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली दार्चुला पुगीसकेको जनाईएको छ । कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा स्वाब संकलनका लागि हेलकोप्टर दार्चुला आएको..

चितुवाको आक्रमणका कारण एक वालिकाको मृत्यु

२८ फाल्गुन, काठमाण्डौँ । चितुवको आक्रमणबाट बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नं. ९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलयका बैतडीले जनाएको छ । वालिका लुहारको शव ५०० मिटर टाढा फेला परेको जनाईएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले अनुसार गत फाल्गुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय..