सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले पार्टीबाट निष्काशित गर्यो

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले पार्टीबाट निष्काशित गर्यो


१४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई पार्टीबाट निष्काशित गरिएको छ । उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश कमिटीले निष्काशन गरेको हो ।

निष्काशित गरिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट रहेका छन् । तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो ।

पत्रमा मन्त्री शाहलाई पार्टीका निर्णयहरुको अवज्ञा गरी पार्टी एकताविरुद्ध र विखण्डनको पक्षपोषण गरेको आरोप लगाइएको छ । उनीमाथि नितान्त आत्मकेन्द्रित आपराधिक मनोवृत्तिबाट ग्रसित रहेको आरोप समेत थियो ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले हस्ताक्षर गरेर पत्र पठाइएकोमा आज कारबाहीको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर