ठेक्का लिएर काम अलपत्र पार्ने शैलुङसहित तीन कम्पनीसँग स्पष्टीकरण माग

ठेक्का लिएर काम अलपत्र पार्ने शैलुङसहित तीन कम्पनीसँग स्पष्टीकरण माग

३ कार्तिक, काठमाण्डौँ । ठेक्का लिएर काम नगर्ने शैलुङसहित तीन कम्पनीसँग सडक डिभिजनले स्पष्टीकरण मागेको छ ।

सडक डिभिजन चौरजहारी रुकुम (पश्चिम)ले सूचना निकालेर काम सुरु हुन नसकेको उचित कारणसहितको स्पष्टीकरणसहित १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । उपस्थित हुँदा कम्पनीका तर्फबाट कार्ययोजनार संशोधित तालिका पनि पेश गर्न निर्देशन दिईएको छ ।

भेरी नदी रुकुम प्रिस्ट्रेस आरसीसी ब्रिज अलपत्र पारिएको भन्दै सपना शैलुङसँग जेभी सुनाकोठी ललितपुरसँग स्पष्टीकरण मागिएको हो । गत २०७१ मंसिर २ मा ठेक्का लगाएको यो पुल २०७७ पुस १३ सम्ममा पूरा गर्नुपर्ने सम्झैतामा उल्लेख छ । अबको तीन महिनाभित्र पुल सम्पन्न गरिसक्नुपर्ने भएपनि काम भने ३ प्रतिशत मात्र सम्पन्न भएको छ । अहिले निर्माण कम्पनीले पुल निर्माण अलपत्र पारेर हिडेको छ ।

शैलुङ कन्स्ट्रक्सन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । राजनीतिक पहुँचका कारण उनले ठेक्का पाउने गरेको आरोप लाग्दै आएको छ ।

त्यस्तै प्रकृतिको भेरी नदीमा अर्को पुल निर्माणको जिम्मा पाएको मृत संजीवनी(ग्याल्वा जेभी काठमाडौंसँग पनि स्पष्टीकरण मागिएको छ । २०७३ असार ३१ मा भएको निर्माण सम्झौता अनुसार २०७७ पुसमा काम पूरा गर्नुपर्ने थियो । तर चार वर्ष बितेपनि कम्पनीले कामै सुरु नै गरेको छैन ।

१५ दिनभित्र स्पष्टीकरणसहित साइटमा मोविलाइज हुन निर्देशन दिइएको छ । सुचनाको बेवास्ता गरेमा वा उक्त अवधिभित्र साइटमा मोबिलाइज नभएमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा ठेक्का सम्झौतामा उल्लेखित सर्तरप्रावधान बमोजिम ठेक्का सम्झौता अन्त्य गरिने डिभिजनले जनाएको छ ।

ठेक्का अन्त्य मात्रै नभइ कार्य सम्पादन जमानत जफत गर्ने, कालोसूचीमा राख्न सिफारिस गर्ने र बाँकी निर्माण कार्यहरुको मूल्याङकन गरि सरकारी बाँकी सरह असुलउपर गर्ने लगायतका आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270