वेपत्ता प्रहरी जवानको शव फेला

वेपत्ता प्रहरी जवानको शव फेला

४ कार्तिक, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको आज शव फेला परेको छ । वेपत्ता प्रहरी जवानको खोजतलास गर्दै जादा प्रहरी पोष्ट देखी तिन किलोमिटर दुरी मोहना नदीको बिच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायले बताउनुभयो ।

टाउको र घाटीमा धारिलो हतियारको चोटपटक देखिएकाले उनको पनि हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान साउद गस्तीमा खटिएका वेला शनिवार राती देखी बेपत्ता भएका थिए । उनीसंगै खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको समेत हत्या गरिएको अवस्थामा आईतवार मोहना नदीमा शव फेला परेको थियो ।

प्रहरीका अनुसार हत्या घटनामा संलग्न समुहको पहिचान भईसकेको, केहीलाई पक्राउ गरिएको र अरुको खोजी भईरहेको छ । अहिले प्रहरी घटनाको अनुसन्धानकै क्रममा रहेको छ ।

घटनास्थल रहेको नेपाल–भारत सिमानाका वनकट्टीघाट चोरीपैठारीको ट्रान्जिन्ट प्वाईन्ट रहेकाले चोरीतस्करीमा सलग्न समूहले नै दुवै जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270