वन मन्त्रालयका सचिव सवार गाडीमाथि ढुङ्गा प्रहार

४ पौष, धनगढी । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो । उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ । सचिवलाई भने चोटपटक..

एमाले सुदूरपश्चिमको अधिवेशन पाँच दिन लगाएर सकियो, सर्वेसम्मत नेतृत्व चयन

२५ असोज, काठमाण्डौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा सहमतिबाट पदाधिकारी चयन गरेको छ । पाँच दिनसम्म अधिवेशन लम्ब्याएर एमालेले अछामका कृष्णप्रसाद जैसीलाई अध्यक्ष बनाएको छ । उनी अछामका पूर्वजिविस सभापति हुन् । अछामका कमल तिमिल्सिना, भरत साउद र कञ्चनपुरका बचनबहादुर सिंहले बुधबार उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका छन् । सहमतिका लागि बाधक नबन्ने भन्दै तीनै जना प्रत्याशीले उम्मेदवारी फिर्ता लिएका हुन् । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही निर्विरोध भइसकेका..

आजबाट एमाले सुदूरपश्चिमको अधिवेशन शुरु, तीन जना अध्यक्षको दाबेदार

२१ असोज, धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् । यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई..

सुदूरपश्चिमका दुई मन्त्रीद्धारा राजीनामा, एमालेमै फर्किए

२२ भाद्र, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिनुभएको छ । नेकपा एमालेमै रहने निर्णय लिनुभएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिनुभएको हो । शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री हुनुहुन्थ्यो । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट मानिनुहुन्छ । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उहाँहरुले एमालेको निर्णयलाई चुनौती दिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारलाई विश्वासको मत दिनुभएको थियो । शाह नेकपा..

सुदूरपश्चिम प्रदेश सभामा मोबाइल नचलाउन सभामुखको रुलिङ

१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सभामुख अर्जुन बहादुर थापाले सांसदहरूलाई मोबाइल नचलाउन रुलिङ गर्नुभएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बैठकमा उठेका प्रश्नहरू माथि जवाफ दिँदा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ गर्नुभएको हो । आइतबारको प्रदेश सभा बैठकमा केहि सांसदहरूले मोबाइल चलाइरहेको र केही सांसद निदाएको तस्बिरहरू बाहिर आएपछि आठौं अधिवेशनको १९औँ बैठक सभा बैठकमा सभामुख थापाले मोबाइल नचलाउन रुलिङ..

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्राप्त, सुदूरपश्चिम प्रदेश सरकार जोगियो

२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा उहाँलाई ३० सांसदले विश्वासको मत दिएको सभामुख अर्जुनबहादुर थापाले घोषणा गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

२५ जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँनुहुदैछ । मुख्यमन्त्री भट्टले सभामुखलाई विश्वासको मत लिने व्यवस्था मिलाई दिन भनेर लेखेको पत्र आइतबार साँझ प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । अहिले बिहान ९ बजे विश्वास मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको..

सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर

१४ जेष्ठ, काठमाण्डौँ । आन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिनुभएको छ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिए पनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै..

सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई एमालेले पार्टीबाट निष्काशित गर्यो

१४ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीयदलका नेता एवं मन्त्री प्रकाशबहादुर शाहसहित तीन मन्त्रीलाई पार्टीबाट निष्काशित गरिएको छ । उनीहरुलाई हिजो स्पष्टिकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नभएको भन्दै प्रदेश कमिटीले निष्काशन गरेको हो । निष्काशित गरिएकामा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट रहेका छन् । तीनैजना मन्त्रीलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । पत्रमा मन्त्री शाहलाई..

एमाले सुदूरपश्चिम कमिटीले फिर्ता बोलायो आफ्ना तीन मन्त्रीलाई

१३ जेष्ठ, काठमाण्डौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिनुभएको हो । सचिव रावलका अनुसार पार्टीको स्थायी..