तीन दिनका लागि एमाले अध्यक्ष ओली झापामा

२ भाद्र, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा उत्रिनुभएको छ । तीन दिनका लागि गृह जिल्ला आउनुभएका ओली १२ बजे चन्द्रगडी बिमानस्थल उत्रिनुभएको हो । आजको पहिलो कार्यक्रम कचनकवलस्थित बनियानीको पार्टी प्रबेश र कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारी छ । अध्यक्ष ओली साउन ४ गतेसम्म जिल्लाका एक दर्जन कार्यक्रममा सहभागी भइ काठमाडौ फर्किने कार्यक्रम रहेको छ ।

चुलाचुलीका जनप्रतिनिधीले भ्रम फैलाएको भन्दै युवा संघ र अखिलको आपत्ती

२७ श्रावण, इलाम । चुलाचुली गाउँपालिकाका जनप्रतिनिधीले निर्माणधिन मदन भण्डारी राजमार्गको बिषयमा भ्रम फैलाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले आपत्ती जनाएको छ । झापाको शान्तीनगरबाट सुरु भएर चुलाचुली हुँदै डढेलधुराको रुपनीमा टुंगिने राजमार्ग चुलाचुलीको केही भाग मात्र छुवाएर लौजान यस क्षेत्रका संघिय प्रतिनिधी सभा सदस्यले चलखेल सुरु गरेको भनेर चुलाचुली गउँपालिकाका प्रवक्ता वविन राईले लेखेको स्टाटसले यथार्थ भन्दा बाहिर पुर्वाग्राही भएर भ्रम पुर्ण सुचना सम्प्रेषण गरेको भन्दै युवा..

निर्वाचन आयोगमा २१ दल दर्ता

२६ श्रावण, काठमाण्डौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् । अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल..

निर्वाचन तयारीका लगि एमाले सचिवालय बैठक बस्दै

२६ श्रावण, काठमाण्डौँ । आसन्न प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो । बैठकले पोलिटब्युरो..

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

२२ श्रावण, काठमाण्डौँ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले दल दर्ता सुरु गर्दै छ । आयोगका अनुसार साउन ३१ गतेसम्म दल दर्ता गराउन पाइनेछ । आयोगमा श्रावण १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज श्रावण २२ गते देखि श्रावण ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरिएको हो । दल दर्ताको निवेदनसँगै राजनीतिक दलले..

रवि लामिछानेलाई संकेत गर्दै ओलीले भनेः फेद न टुप्पोका !

२१ श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् । लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे । ‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका,..

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव

२१ श्रावण, काठमाण्डौँ । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै सहध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ चयन भएका छन् । यस्तै उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोव चयन हुँदा महासचिव रमेशप्रसाद यादवलाई बनाएको छ । बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ ।..

मेहनत गरे बहुमतको सरकार बनाउन सकिन्छः अध्यक्ष ओली

२० श्रावण, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताउनसभएको छ । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उहाँले बताउनुभएका हो । काठमाडौंमा आज भएको कार्यक्रमा उहाँले भन्नभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुर्पयो । प्रदेशमा बहुमतको सरकार बनाउनुर्पयो ।’ एमाले..

अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदैँ

१० श्रावण, काठमाण्डौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ । बिहान ८ बजे तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पाेट आइपुगेको छ । बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्नेबारे..

चुलाचुली ६ मा वडाध्यक्ष र सदस्यबिच विवाद, कागजात च्यातियो, कार्यलय तोडफोडको प्रयास

१० असार, इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा योजना छनोटको विषयमा विवाद हुँदा जनप्रतिनिधीहरु बिच नै विवाद भएको छ । योजना छनोटको विषयमा कुरा नमिल्दा चुलाचुली ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य नरेन्द्र सावा लगायत उनी निकटका ब्यक्तिहरुले तोरीवारी स्थित वडा कार्यलय तोडफोडको प्रयाससंगै कार्यलयका कागजातहरु नष्ट पारेको त्यहाँका कर्मचारीले बताएका छन् । नेपाली कांग्रेसकै एक नेताले पनि सो घटना भएको स्विकार गरेका छन् । घटना..