राजनीति
ललिता निवास प्रकरणः दुई पूर्व प्रधानमन्त्रीको बयान लिने सीआईबीको तयारी
३० साउन, काठमाण्डौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना पूर्व प्रधानमन्त्रीको बयान लिने भएको छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान लिन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक जना अधिकृतले बताए । ललिता निवासबारे अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतहरुले पूर्व मुख्यसचिव लीलामणि पौड्यालसँग आइतबार ६ घण्टाभन्दा लामो समय बयान लिए । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्यसचिव थिए ।..
ललिता निवास प्रकरणको विषयमा थप छलफल आवश्यक रहेको भन्दै नेताहरु उठे
२९ साउन, काठमाण्डौँ । सत्तागठबन्धनको बैठक आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ललिता निवासदेखि सुनकाण्डसम्मका छानबिनमा सरकारले कुनै राजनीतिक नियत नराखी स्वतन्त्र अनुसन्धानलाई अघि बढाएको भन्दै सहयोग मागे । छानबिन गर्दा जुनसुकै दलका जोसुकै पर्न सक्ने भन्दै नियतमा प्रश्न नगरी अनुसन्धानलाई सघाउन गठबन्धनको सहयोग उनले मागेका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेका अनुसार बैठकमा यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका..
गठबन्धनको निर्णयः सुन तस्करी अनुसन्धान सीआइबीले नै गर्ने, गौर हत्याकाण्डको छानबिन नगर्ने
२९ साउन, काठमाण्डौँ । सत्तारुढ दलहरुका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरुले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा..
एमालेको किनारामा हिडिरहेका भीम रावल
१३ साउन, काठमाण्डौँ । डेढ वर्षदेखि पार्टीमा भूमिकाविहीन रहेका नेकपा एमालेका नेता भीम रावल गृह जिल्ला अछाम सहित पश्चिम नेपालका केही जिल्ला पुगेर राजधानी फर्किएका छन् । १२ साउनमा मात्रै राजधानी फर्किएका रावलले यसपटक एमालेका केही कार्यक्रम र नेता–कार्यकर्तासँग अन्तरक्रिया गरे । १ साउनमा अछामको साफेबगर नगर कमिटीले गरेको कार्यक्रममा पूर्वउपाध्यक्षको हैसियतमा प्रमुख अतिथि बने । यसको एक साताभित्रै ७ साउनमा अछामकै बयलपाटा अस्पताल परिसर पुगेर रावलले वृक्षरोपण गरे ।..
राजेन्द्र लिङ्देनसँग देउवा–दाहालले गरे सत्ता सहकार्यको प्रस्ताव
१३ साउन, काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । ‘कोशीमा मात्रै होइन, सबैतिर सहकार्य गरौं’ लिङ्देनलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव थियो । उच्च स्रोतका अनुसार, संघीय सरकारमा तत्काल आउनेगरी सोच्न प्रधानमन्त्री प्रचण्डले लिङ्देनको प्रस्ताव गरेका थिए । ‘कोशीको मुख्यमन्त्रीमा आलोपालो गरौं, अरु..
कांग्रेस केन्द्रीय समिति बैठकः देउवालाई धन्यवादको ओईरो, खाणको बचाउ
४ साउन, काठमाण्डौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । मंगलबार बैठकको एजेण्डा र विभिन्न प्रतिवेदन पेस भएकोमा आज बुधबार ४६ जना नेताले आआफ्नो धारणा राखेका छन् । दोस्रो दिनको बैठकको सुरुमा प्रदेश सभापति र प्रदेश संसदीय दलका नेताहरुलाई बोल्ने समय दिइएको थियो । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिले आआफ्नो धारणा राखेका थिए भने बैठकमा कोशी प्रदेश सभापतिको सहभागिता थिएन..
नेसपा दुई ध्रुवमाः बाबुराम एकताको पक्षमा नउभिए साथ छाड्ने नेताहरुको तयारी
२९ असार, काठमाण्डौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रसँग एकताको लागि अघि बढेको छ । अध्यक्ष भट्टराईले भने समाजवादी मोर्चामा आफूलाई नसमेटेका भन्दै माओवादीसँग एकताको पक्षमा नरहेको अभिव्यक्ति दिइरहेका छन् । उनी अहिले संगठन विस्तारमा सक्रिय भएका छन् । तर, उनको दलका अर्का अध्यक्ष महिन्द्रराय यादव र नेता गंगानारायण श्रेष्ठ भने कुनैपनि हालतमा माओवादीसँग एकताको पक्षमा उभिएका छन् । उनीहरुले आवश्यक परे बाबुरामको साथ छोड्ने पनि..
कोशी प्रदेश नयाँ सरकार गठनका लागि सत्तागठबन्धनको बैठक बस्दै
१८ असार, काठमाण्डौँ । सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ । कांग्रेस स्रोतका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको बताईएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा (२)..
जसपा अध्यक्ष यादव र जनमतका अध्यक्ष राउतबीच पानी वारावार !
१६ असार, काठमाण्डौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि झन् आक्रमक भएका छन् । पछिल्लो समय जसपाले वजेटको समर्थनमा मतदान गरेपछि जनमत पार्टी सो पार्टीप्रति झनै आक्रमक भएको हो । जसपाले सुरुदेखि यथास्थितिमा सरकारको वजेटलाई पास हुन नदिने भन्दै आएको थियो । कार्यकारिणी समितिको बैठकबाट पनि यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको थियो । तर, असार १३ गते एकाएक संसदीय दलको बैठकबाट निर्णय गरेर बजेटलाई..
मन्त्री किराती र राज्यमन्त्री सिर्पालीबीच ‘पानी बारावार’, सचिवले पनि नटेरेको आरोप
५ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका चर्चित मन्त्रीमध्येका एक हुन् सुदन किराती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालिरहेका उनै मन्त्री पछिल्लो समय एकपछि अर्काे चर्चा र विवादमा समेत तानिन थालेका छन् । मन्त्री किरातीको काम गर्ने शैली र बोलीका कारण पार्टीभित्रैबाट उनको विरोध हुन थालेको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट पर्यटन मन्त्री बनेका किराती र सोही पार्टीबाट उक्त मन्त्रालयमा राज्यमन्त्री बनेकी सुशिला..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७