यो निर्वाचन नेकपा एसको अग्निपरिक्षाः चौथो दल बन्ला त ?

१ मंसिर, काठमाण्डौँ । नेकपा एमालेबाट विद्रोह गरेर पहिलोपटक नेकपा एस प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिँदैछ । सो पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनको आडमा चुनाव लडेको थियो । गठबन्धनकै सहयोगमा पोखरा महानगर र हेटौंडा उपमहानगरको नेतृत्वमा जितेर चार लाख २२ हजार ७३७ मत ल्याएको थियो । स्थानीय तह निर्वाचनमा गठबन्धनले धोका दिएको भन्दै अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेताहरु असन्तुष्ट बनेका थिए..

भोट तान्न सास्तो चुनावी वाचाः जिताएर पठाए मन्त्री बनाउने

१ मंसिर,, काठमाण्डौँ । चुनाव प्रचारका लागि निर्वाचन आयोगले अनुमति दिएयता प्रमुख दलका शीर्ष नेताले देशदौडाहमा छन् । यस्तोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘आफनो उम्मेदवारलाई जिताएर पठाएमा..

मेरो पहिलो प्राथमिकता पुर्वाधार विकाशः राम राना (भिडियो सहित)

२९ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेद्धवार बनेका राम रानाले आफ्नो प्रमुख प्राथमिकता पुर्वाधार विकाश भएको बताएका छन् । प्रदेश १ का पुर्व भूमि, व्यवस्था तथा कृषि मन्त्री समेत रहेका उनले इलाम २ (ख)को विकाशका लागि पहिलो आवश्यक्ता भनेको सडक सञ्जाल, विजुलीवत्ती, खानेपानी लगायत रहेको बताएका हुन् । कार्यक्रम जनसरोकारमा कुरा गर्दै उनले भौतिक पुर्वधारको विकाशले नै इलाम २ (ख)को भौगोलिक..

गण्डकी प्रदेशः थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त

२९ कार्तिक, काठमाण्डौँ । गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको होः स्रोतले भन्यो । उनी सरकारका प्रवक्तासमेत थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । खड्काको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफैँले लिएर मुख्यमन्त्रीले जिम्मेवारी हेरफेर गरेका..

प्रदेश–१ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्छुः सुवास नेम्वाङ

२५ कार्तिक, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेश १ को नाम बहुपहिचानको आधारमा राख्न पहल गर्ने बताउनुभएको छ । इलाम क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्धवार समेत रहनुभएका उहाँले इलामको लारुम्वामा चुनावी सभालाई सम्वोधन गर्र्दै प्रदेश १ को नाम किरात–सगरमाथा राख्न आफु तयार रहेको र आउँदो समयमा पहल गर्ने उहाँले बताउनभएको हो । किरात धर्मलम्वीहरुको पवित्रस्थल लारुम्वामा पुगेर नेता नेम्वाङले भन्नुभयो ‘प्रदेश १ को नामाकरण अहिलेसम्म हुन..

टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमाले हराउन नक्कली मीत लगाएः ओली

२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्ना कार्यकर्ता मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा लिएर हिँडेको टिप्पणी गरेका छन् । झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका चार–पाँच सय कार्यकर्ता माओवादीले मारेको थियो । अहिले त्यही माओवादी काँधमा बोकेर हिँडेको छ । शेरबहादुरलाई बम हालेको थियो धन्न बचेका थिए । प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे । काँधमा बोक्न लेखेको ।’ उनले शेरबहादुर देउवा..

उम्मेद्ववारको मृत्यु भएपछि मोरङ ३ (क)मा काँग्रेसका मानबहादुर लिम्बूले उम्मेदवारी दिए

२५ कार्तिक, मोरङ । मोरङ क्षेत्र नम्बर ३ (क) को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।..

एमालेले जहाँ टेक्यो त्यहाँ विकास भयोः ओली

२५ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशमा विकासको लहर ल्याएको दाबी दाबी गरेका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य–मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ ।’ चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न पनि..

माओवादी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास

२३ कार्तिक, काठमाण्डौँ । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ । पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो । मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो..

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

५ असोज, काठमाढडौँ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन्। ओली निकट स्रोतले सेतोपाटीलाई दिएको जानकारी अनुसार बुधबार ओलीले खनाललाई आफ्नै निवास बालकोटमा भेटेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए। बारा,पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले..