माओवादीमा छोरी-ज्वाइँ, भाइ-भतिजा सप्रेका छन्ः एमाले अध्यक्ष ओली

१८ असेज, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीसँग कुनै नीति नभएको बताए । उनले भने, ‘माओवादीले नराम्रोबाहेक केही गरेका छैनन् । माओवादीका नेता कार्यकर्तासँग भेट गर्दा मसँग पीडा पोख्छन् । छोरी ज्वाइँ, भाइ भतिजा भान्छ सप्रेका छन् माओवादी नेता कार्यकर्ता पीडित भएर तड्पिएका छन् । तीनले गरेको योगदान..

शिवचन्द्र कुशवाहा एमाले प्रवेश

१८ असेज, काठमाण्डौँ । बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् । नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा गएको वैशाख १० गते उपनिर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर..

सुवास नेम्वाङको निधनपछि एक्लिएका विनोद ढकाल

१७ असोज,  विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘अहिलेको परिस्थितिमा सहमतिमा नेतृत्व चयन गर्नुस् । सहमति हुन सकेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् । गुटबन्दी गर्ने र प्यानल बनाउने छुट अहिलेलाई छैन ।’ अध्यक्ष ओलीले मात्रै होइन वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल र महासचिव शङ्कर पोख्रेलले समेत सहमतिमै नेतृत्व चुन्न जोड दिए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले त अधिवेशनमा प्यानल बनाएर गए..

कोशीमा गठबन्धन सरकारलाई असर पर्ने गरी अर्काे गठबन्धन बन्दैनः माधव नेपाल

१७ असोज, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् । समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे । उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे । उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब,..

सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु च्यासलमा

२६ भदौ, काठमाण्डौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।..

कोशी प्रदेशको नामबारेको विवाद संवादबाटै समाधान खोज्नुपर्ने प्रधानमन्त्रीको भनाई

२५ भदौ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले कन्फ्रन्टेसन नभएर वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिुपर्ने बताए । संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री प्रचण्डले बताए ।..

पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस्ः प्रधानमन्त्री प्रचण्ड

२५ भदौ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष यही गठबन्धन निरन्तर रहने बताएका छन् । समाजवादी मोर्चाको सन्देशसभामा विराटनगर आएका उनले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै गठबन्धन कायम रहनेमा ढुक्क हुन आग्रह गरे । पत्रकारको प्रश्नको संक्षिप्त जवाफ दिँदै बाहिरिने क्रममा उनले भने, ‘पाँच वर्ष यही गठबन्धन चल्छ ढुक्क हुनुहोस् ।’ मोर्चाको सन्देश सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष..

समाजवादउन्मुख राष्ट्रको अभ्यास र अनुभूति गर्न पाएका छैनौँः शेरबहादुर देउवा

२४ भदौ, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेपनि अझै अभ्यास गर्न नपाएको बताएका छन् । बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आज नेपाली कांग्रेसले बहुदलीय शासन प्रणालीमा प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाएर अघि बढिरहेको उनले बताए । लामो समयको अन्तरालसँग आज हाम्रो मुलुक पनि बीपीले देखाएको मार्गमा अघि बढिरहेको तर, स्थायित्व नपाएको उनको भनाई थियो..

कांग्रेस सांसदको हिंस्रक अभिव्यक्तीः डिएसी र उनको परिवारलाई खोजेर मार्ने धम्की

२३ भाद्र, विराटनगर । सत्तारुढ नेपाली कांग्रेसका एकजना प्रदेश सांसदले नेपाल प्रहरीका डिएसपीको नामै तोकेर उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका छन् । प्रदेश १ का प्रदेश सभा सदस्य तथा कांग्रेस नेता खगेनसिंह हाङगामले शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रहरी प्रशासनविरुद्ध घरेलु हतियारसहितको प्रदर्शन गर्दै खुला सभामा हिंसात्मक अभिव्यक्ति दिएका हुन् । त्यसक्रममा तरुण दलका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । बिहीबार राति हाङगामलाई लक्षित गरेर प्रहरीले..

एमाले लुम्बिनी प्रदेश अधिवेशनः नयाँ नेतृत्वका लागि सात सय मत खस्यो

१९ भाद्र, काठमाण्डौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा मतदान भइरहेको हो । बिहान पौने नौ बजेबाट सुरु भएको मतदान १२ः४५ बजेसम्म सात सय मत खसेको केन्द्रीय निर्वाचन आयुक्त भरत पोखरेलले जानकारी दिए । मतदान सकेपछि प्रक्रिया पुर्याएर आजैबाट मत गणना सुरु हुने बताईएको छ । प्रदेश अधिवेशनका लागि एक हजार चार जना मतदाता रहेका छन् । प्रदेश..