नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तका पक्षबाट आजदेखी बहस सुरु

२४ जेष्ठ, काठमाण्डौँ । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । हिजो सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एशोसिएशनका बहालवाला अध्यक्ष देखी पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समय अनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न..

मुख्यमन्त्री कार्कीलाई राप्रपाको समर्थन यथावत रहने

२३ जेष्ठ, विराटनगर । कोशी प्रदेश सरकारमा रहेको राप्रपाले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको बताएको छ । मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट..

नागरिकता विधेयक रद्द नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने

२१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी संशोधन विधेयक रद्द नगरेसम्म नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । अघिल्लो संसद्ले पारित गरेर प्रमाणीकरण नभएको विधेयक अहिलेको राष्ट्रपतिले प्रमाणीकरण गर्नु गैरसंवैधानिक काम भएकोले सो प्रमाणीकरण गरेको विधेयक रद्द नगरेसम्म संसद् अवरुद्ध गर्ने एमालेको प्रस्ट धारणा रहेको एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो । संसद् बैठक बस्नुअघि यसबारेमा एमालेको तर्फबाट सभामुख देवराज घिमिरेलाई यसबारे..

भारत भ्रमण विगतको भन्दा परिणामुखी भयोः प्रधानमन्त्री प्रचण्ड

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताउनुभएको छ । भारतको चार दिने भ्रमण पुरा गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । ‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको..

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किए

२० जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विदाई गरेकी थिईन् । भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग..

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

२० पोैष, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकार गठनका लागि राष्ट्रपति सँग थप समय माग्ने गठबन्धनको तयारी

९ पैष, काठमाण्डौँ । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग थप समय माग्ने तयारी गरेको छ । संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ । सो समयभित्र गठबन्धनले सरकार बनाउन सहमति जुटाउन नसक्ने भएपछि थप समय माग्ने तयारी गरेको हो । संविधानले प्रतिनिधिसभा सदस्यको परिणाम आएको एक महिनाभित्र गठनको आह्वान गर्न भनेको छ । सोही अनुसार गठबन्धनले राष्ट्रपतिबाट पाएको १० दिनको समय भोलि सकिँदै..

देश मध्यावधि निर्वाचनमा जाने सम्भावना बढ्योः एमाले अध्यक्ष ओली

९ पैष, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा गरेको तर समयमा कदम नचालेको भन्दै ओलीले अरुले पनि समयमा कदम नचाले देश मध्यावधिमा जाने बताएका हुन् ।..

दुई महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिदै, वहालवालको तयारी के छ ?

  २६ मंसिर, काठमाण्डौँ । निर्वाचन सकिएर नयाँ सरकार गठनको होमवर्क भइरहँदा देशका प्रमुख दुई सम्मानित पदहरू पनि रिक्त हुँदै छन् । आगामी दुई महिनाभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने छ । नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उक्त धाराको उपधारा ३ मा निर्वाचन मण्डलको तत्काल कायम रहेको..

जनताको अदालतबाट हामीले मुक्ति पाइसकेका छौँ तर राज्यले सम्बोधन गरेको छैनः रेशम चौधरी

२६ मंसिर, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसदमा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले दुई लाख ७१ हजार छ सय ९६ मत प्राप्त गरेको छ । यही मंसिर ४ गते..