नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

४ असार, काठमाण्डौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नक्कली भुटानी शरणार्थी प्रकरणका १८ जना आरोपितविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेकै दिनदेखि अनुसन्धान थालेको विभागले आरोपितहरुसँग बयान लिने तयारी गरेको हो । विभागका महानिर्देशक तारानाथ अधिकारीहरुले बयानको अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएको पुष्टि गरे । उनले भने, ‘जुन अदालतबाट आरोपितहरु पुर्पक्षका लागि थुनामा गएका हुन्, त्यही अदालतमा अनुमति..

सोमबार समाजवादी मोर्चा घोषणा हुने

३ असार, काठमाण्डौँ । सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको हो । कार्यदलस्तरमा समाजवादी मोर्चाको घोषणापत्र तयार भएसँगै औपचारिक रूपमा सोमबार राजधानीको राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको माओवादी केन्द्रको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । समाजवादी मोर्चाका लागि यसअघि तीन दलका तर्फबाट नेताहरू कृष्णबहादुर महरा,..

भारी वर्षाका कारण पूर्वी पहाडी जिल्लामा ठूलो क्षतिः २५ जना बेपत्ता

३ असार, इलाम । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा..

पूर्वगृहमन्त्री खाँणलाई जेल पुर्याउने ५ प्रमाण

१ असार, काठमाण्डौँ । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । २७ चैतमा पक्राउ परेका कांग्रेस नेता समेत रहेका खाँणले कहिल्यै अभियोग स्वीकार गरेनन् । सरकारी वकिलको कार्यालय र अदालतमा पनि उनले इन्कारी बयान दिएका थिए । शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि उनले आफू यो घटनामा सामेल नै नभएको जिकिर गरेका छन् । तर..

एमालेमा केपी ओलीको विकल्प छैन भन्ने सोच अतिवादी होः योगेश भट्टराई

२६ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा ७० वर्षे उमेर हद हटाउने निर्णयको विपक्षमा रहेको अभिव्यक्ति दिएका छन् । ११ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद पुनः कायम गर्ने कुरामा आफूहरुको जोड रहने उनले बताए । नयाँ पंक्ति पार्टीमा आउने कुरामा उमेर हद हटाउने निर्णयले अवरोध नगरोस् भन्नेमा अध्यक्ष केपी शर्मा ओली पनि संवेदनशील रहेको भट्टराईको भनाइ छ । हरेकको विकल्प हुने भन्दै एमालेमा केपी ओलीको विकल्प..

पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार लागी परेको गृहमन्त्रीको आशय

२६ जेष्ठ, काठमाण्डौँ । पहिचानको आन्दोलन दवाउन केन्द्र सरकार पनि लागी परेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले आशय ब्यक्त गरेको छन् । केन्द्र सरकारले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलनलाई नजिकबाट नियालिरहेको उनले बताएका छ । नेकपा एमालेले पहिचानको नाममा नेताहरुमाथि आक्रमण गर्नेसम्मका कार्य हुन थालेको भन्दै बिहीबार प्रतिनिधिसभामा सरकारसँग जवाफ मागेको थियो । त्यसक्रममा जवाफ दिँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजक गतिविधिलाई सरकारले छुट नदिने बताए..

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छः गगन थापा

२५ जेष्ठ, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सास्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् । सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे । उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त..

तराई केन्द्रित दलका सदावहार अध्यक्षः उपेन्द्र २६ वर्ष, महन्थ १६ वर्षदेखि

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेमा ७० वर्षे उमेर हद हटाउने निर्णय भएसँगै सबै पार्टीमा उमेर हदको चर्चा सुरु भएको छ । तराई केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि उमेर हदको चर्चा सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव २६ वर्षदेखि पार्टीको (फोरम सामाजिक संस्थाको रुपमा गठन भएदेखि) अध्यक्षमा विराजमान छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर १६ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । यद्यपि..

एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै

२५ जेष्ठ, काठमाण्डौँ । नेकपा एमालेभित्र पूर्व माओवादी कित्ता कमजोर बन्दै गएको छ । एकपछि अर्काे गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो । पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले निलम्बन गरी सकेको छ । पार्टी स्थायी समिति सदस्य प्रभु साहले अलग भई आफ्नो नेतृत्वमा पार्टी गठन गरीसकेका छन् । अर्का स्थायी समिति सदस्य मणि थापा बिदा बस्ने भन्दै पत्र..

पर्यटनमन्त्री किराती हटाउने तयारीमा प्रधानमन्त्री दाहाल, जनमतलाई सरकारमा ल्याउने तयारी

२५ जेष्ठ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेगरि दाहालले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका हुन । जनमत सरकारबाट बाहिरिएपनि अहिलेसम्म समर्थन कायमै राखेर बस्नुको कारण सरकारमा सहभागी हुन उपयुक्त समयको पखाईमा हो भन्ने स्वयम सो दलका नेताहरुले सार्वजनिक रुपमा बताउने गरेका छन् । जनमतले प्रधानमन्त्री दाहालले पुष ११ गते प्रधानमन्त्रीको रुपमा सपथ खाँदा अब्दुल खांनलाई मन्त्रीमा पठाएको थियो । तर, सहमतिबमोजिम..