प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो..

एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन्..

कमल थापाको आरोपः ‘लघुबित्त सम्बन्धि समस्या समाधान गर्न सरकार उदासिन बन्यो’

२० पौष, काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको बताएका छन् । यसका लागि सरकारले तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने उनले चेतावनी दिएका छन् । समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र..

काठमाडौँमा एमालेको युवा महोत्सव

२० पौष, काठमाण्डौँ । नेकपा एमालेले काठमाडौँमा युवा महोत्सव २०८० को आयोजना गरेको छ । आज शनिबार एमाले काठमाडौँ जिल्ला कमिटीले राजधानीको टुँडिखेलमा युवा महोत्सवको आयोजना गरेको हो । महोत्सवमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

१८ माघ, काठमाण्डौँ । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी आयोगले सरकारसँग प्रारम्भिक छलफल सुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको उनले जानकारी दिए ।..

दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको असन्तुष्टि

१८ माघ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । जनकपुरमा बिहीबार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्‍याई गरेको बताए । उनले गम्भीर कुराहरूमा बोल्नुअघि गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने बताए । उनले तत्कालीन हत्याकाण्डका समयमा..

गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्योः ओली

१७ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । आज बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए । अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण..

टिआरसी विधेयक सहमतिमा टुंगो लगाउने प्रयास भईरहेको छः कानुन गुरुङ

१७ माघ, बुटवल । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले टिआरसी विधेयक भए सहमतिमा र नभए प्रक्रियाबाट टुंगो लगाउने बताएका छन । उनले यही माघ २२ गतेदेखि बस्ने हिउँदे अधिवेशनलाई सरकारले विधेयक निर्माणको अधिवेशनको रुपमा अगाडि बढाएको बताए । उक्त विधेयक अधिवेशनमा टिआरसी विधेयक, प्रहरी, निजामती कर्मचारी लगायतका संविधान कार्यान्वयनसँग जोडिएका २०–२५ वटा विधेयक पेस गर्ने तयारी भएको जानकारी गराए । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको..

मधेशमा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जनमतको माग

१७ माघ, जनकपुरधाम । मधेश सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएको जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको दाबीसहित मान्यता दिन माग गरेको छ । जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ । अहिले मधेश प्रदेशसभामा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ ।..

थप तीन हजार जनालाई शहीद घोषणाको तयारी हुँदैछः प्रधानमन्त्री प्रचण्ड

१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप करिब तीन हजार जनालाई शहीद घोषणाको तयारी गरिरहेको बताएका छन् । शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकी रहेका करिब ३ हजार जनालाई छिट्टै शहीद घोषणा गर्ने तयारी रहेको बताएका हुन् । उनले त्यसका लागि मन्त्रिपरिषदबाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको बताए । प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका..