एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली

एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली


१६ फागुन, विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् ।

उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए ।

उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’

उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै संविधान के का लागि ? किन र के संशोधन गर्ने स्पष्ट हुनुपर्ने अध्यक्ष ओलीले बताए ।

उनले कांग्रेस अहिले प्रतिगामी सोचका साथ अगाडि बढेको बताए । उनले प्रश्न गरे ‘एमालेले प्रतिगमनका लागि साथ दिनु पर्ने ?’

प्रतिक्रिया:

सम्बन्धित खवर