सिंहदरबार विकास निर्माण, प्रशासन सबै काममा सेलाएको छ– प्रधानमन्त्री ‘प्रचण्ड’

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताएका छन् । उनले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिचकिचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले नीति, कार्यक्रम र बजेटबिच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन..

बागमती प्रदेशमा बजेटको विवाद समाधान गर्न विशेष समिति गठन हुने

१७ फागुन, मकवानपुर । बागमती प्रदेशमा बजेटको विषयमा देखिएको विवाद समाधान गर्नका लागि एउटा विशेष समिति गठन गर्न दलहरू सहमत भएका छन् । बिहीबार दलहरूबिच भएको छलफलमा यो सहमति भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका मुख्य सचेतक मधुसूदन पौडेलका अनुसार विवाद समाधानका लागि सबै दलहरूको प्रतिनिधित्व हुने गरी आजै एउटा समिति गठन गर्ने सहमति भएको छ । समितिले यसबारे अध्ययन गरेर फागुन २९ गते संसद्मा प्रतिवेदन बुझाउनुपर्नेछ ।..

जसपाका असन्तुुष्ट नेताहरुलाई फकाउदैँ राजेन्द्र महतो

१६ फागुन, काठमाण्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरू पनि सहभागी भएका छन् । आफ्नो छेउमा जसपाका नेताहरू राखेको तस्बिर उनले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । तस्बिरमा उनले जसपाका केन्द्रीय सदस्यहरू रामबच्चन यादव, ओमप्रकाश यादव र ओमप्रकाश यादव, रामनरेश राय यादवलाई आफ्नो साथमा राखेका छन् । जसपा..

राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने माओवादीको निर्णय

१६ फागुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पद नछाड्ने निर्णय लिएपछि नेपाली कांग्रेस झस्किएको छ । अध्यक्षमा कांग्रेसका कृष्णप्रसाद सिटौलाको नाममा सहमति बनेको चर्चा छ । तर, अध्यक्ष छाड्न नहुने भन्दै बैठकमा नेताहरुले चर्काे दबाब बढाएपछि प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै सहमति नभएको प्रष्टीकरण दिए । बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रियसभाको अध्यक्षको अडान छाड्नुहुन्न भन्ने सबै नेताहरुले प्रचण्डलाई भनेको र नेताहरुको दबाबपछि उनले सहमति..

एमाले मिसन ८४ मा लागेको छ, सरकारको विषय प्राथमिकतामा छैन्–एमाले अध्यक्ष केपी शर्मा ओली

१६ फागुन, विराटनगर । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । उनले एमाले मिसन ८४ मा लागेको भन्दै सरकारको विषय प्राथमिकतामा नरहेको बताए । उनले अहिलेको गठबन्धन खरानीको डल्लो भएको बताए । उनले भने ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन ।’ उनले कांग्रेस महासमिति बैठकबाट संविधान संशोधनको ब्याक फायर गरेको बताए..

गण्डकी प्रदेशकाे हिउँदे अधिवेशन आजदेखि

१६ फागुन । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। गत असोज १२ गते अधिवेशन अन्त भएको थियो । करिब ६ महिनापछि मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुनेछ। यस्तै, एउटा विधेयक सरकारले संसद्मा..

माओवादीेको कार्यविभाजनमा असहमति जनाउँदै उपमहासचिव जनार्दन शर्माले राखे फरक मत

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पेश भएको कार्यविभाजन लगायतमा असहमति जनाउँदै फरक मत राखेका छन् । विधान अधिवेशनमा आफूले पदाधिकारीको निर्वाचनबारे वकालत गरेकाले कार्य विभाजनमा नसमेटेको भन्दै शर्माले बैठकमा फरक मत राखेका हुन् । फागुनको पहिलो साता भएको विधानको ह्याङओभरलाई लिएर कार्यविभाजप्रति असन्तुष्टि जनाउँदै बैठकमा असहमति राखेको बताए । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए । त्यस्तै..

गरिब विपन्नको खल्तीमा पैसा नहुँदा पनि उपचार गर्न पाउनुपर्छः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बस्नेत

१५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन सके मात्र सरकार सफल हुनसक्ने बताएका छन् । मन्त्रालयमास्वास्थ्य सेवा दिवस, २०८० को अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानमा उल्लेख भएरअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चित हुनुपर्ने बताए । मन्त्री बस्नेतले गरिब तथा विपन्न वर्गले पैसाको अभावमा उपचार गर्नबाट वञ्चित हुन नपर्ने बताए । उनले भने,..

झलनाथ खनाल र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

१५ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ । भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन जाने

१५ फागुन, काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन जाने भएकी छन् । हिजो सोमबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको हो । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न उनी जान लागेकी हुन् । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च..