राजनीति

इलाम २ मा उपनिर्वाचनको चहलपहल, रणनीति बनाउँदै दलहरु
६ फागुन, इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ। मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ। संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो। उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर..

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने
६ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले दिएको प्रतिवदन आफूले अध्ययन गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीले प्राप्त हुनासाथ अध्ययन गरेर सम्बन्धितलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । सांसदहरुले सो घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरेपछि प्रधानमन्त्रीले आजै प्रतिवेदन बुझेर अध्ययन गरेपछि आवश्यक कारबाही हुने संसदलाई सम्बोधन गर्दै बताएका हुन् ।..

जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जाँदै
६ फागुन, कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली जाँदैछन । एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जान लागेका हुन । एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन । एमाले कैलालीको आइत र..

आलोपालोे फर्मुला अनुसार विप्लवलाई संयोजक
६ फागुन, काठमाडौँ । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आज बिहान बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र..

‘जसपा’ले पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै
५ फागुन, धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् । सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका..

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ
२६ माघ, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास..

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज शुक्रबार भएको वार्तामा प्रदेशको नाम पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने लगायतका पाँच बुँदे सहमति भएको हो । पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले पहिचानको आधारमा पुनः नामांकन गर्न पहल गर्ने, आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने लगायतका ५ बुँदे सहमति भएको जानकारी दिए । सहमतिका बुँदा यस्ता छनः १. पहिचानका आधारमा..

कोशी प्रदेशमा थप ४ मन्त्री र दुई राज्यमन्त्री नियुक्त
२६ माघ, विराटनगर । कोशी प्रदेशमा थप ४ मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त भएका छन् । यसअघि ४ मन्त्री र १ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थियो । अन्तिम समयमा १ जना राज्यमन्त्री थपिएको हो । कोशीमा कांग्रेसबाट ओखलढुंगाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि, तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै कांग्रेसकी इन्दिरा थापालाई आर्थिक मामिला..

रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली
२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’ आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै..

संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..