अख्तियारले डामेका र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गर्दछु–सांसद गगन थापा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरेका छन् । सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहेका थापाले यही पाराले संसद् चल्न नसक्ने बताए । ‘संसदमा दोहोरी चलिरहेको छ । यही पाराले न संसद् राम्ररी चल्ने भयो ? मूल विषय पनि छायामा पर्ने भयो’, थापाले..

मिटरब्याज पिडितहरुको समस्या सम्बोधन नगरे संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी

१४ फागुन, काठमाडौँ । राप्रपाले मिटर ब्याज, लघुवित्त पीडित र दुग्ध किसानहरुको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको छ । नभए संसदको आगामी बैठक अवरुद्ध गर्ने राप्रपाको चेतावनी छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बालुकुमारी घटनामा दोषी ठहरिएका मन्त्रीको राजीनासँगै मिटरब्याज र लघुवित्त पीडित, दुग्ध उत्पादक किसानको भुक्तानीको मुद्दा संसदमा निरन्तर उठेको बताए । तर सरकारले सुनेर पनि नसुनेको, देखेर पनि..

विवादित मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ?–रवि लामिछाने

१४ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गरे । उनले सार्वभौम संसदलाई लडाई र..

मन्त्रीहरूको बर्खास्त माग गर्दै एमाले सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक अवरोध

१४ फागुन, काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् । त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।

इलाम–२ मा कुन दलको शक्ति कती ? अघिल्लो निर्वाचनको परिणाम हेरौँ

१३ फागुन, इलाम । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत..

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहौल तात्यो

१३ फागुन, विराटनगर । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । जनताको स्तरमा निर्वाचन माहौल नआइसके पनि पार्टीहरूको आन्तरिक, भेला, बैठक र छलफलमा चुनावी माहौल देखिएको त्यहाँका नेताहरुले बताएका छन् । यसैबिच निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार..

माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकियो

१३  फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुनः बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् । प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई..

समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता हो : कांग्रेस नेता कृष्ण प्रसाद सिटौला

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले, लोकतन्त्रिक समाजवादमा आधारित समृद्ध राष्ट्र निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा बोल्दै नेता सिटौलाले, राज्यका सम्पुर्ण मेकानिजमहरुलाई जनताको हितमा संविधान बमोजिम प्रयोग गरेर समुन्नत राज्य निर्माण गर्न सकिने बताएका हुन् । उनले भने, ‘संघीय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको संसदीय शासन प्रणालीमा संघीयता अन्तर्गत सरकार छ । लोकतान्त्रिक..

प्रतिनिधि सभा बैठकमा माधव र ज्ञानेन्द्रबीच जुहारी, ज्ञानेन्द्रद्वारा कवितामार्फत जवाफ

१३ फागुन, काठमाण्डौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ । आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले..

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन ‘रास्वपा’ सचेतक सन्तोष परियारको माग

१३ फागुन, भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भक्तपुरस्थित ख्वप कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले ख्वपलाई विश्वविद्यालय बनाउने गरी विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । भत्तपुर नगरपालिकाद्वारा सञ्चालित उक्त कलेजले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको चापसमेत अत्यधिक रहेकाले त्यसलाई विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने सांसद परियारको भनाई छ । उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै..