माओवादीलाई १७ हजारको हत्यारा भन्ने झुट भाष्यः प्रधानमन्त्री प्रचण्ड

१३ माघ, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको भन्दै यसको सशक्त प्रतिवाद गर्न नसकेकोमा पार्टी पङ्क्तिको पनि आलोचना गरेका छन् । शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई शनिवार सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले माओवादीलाई १७ हजारको हत्यारा भन्नेहरूलाई नै तिमीहरू हत्यारा हौ भनेर प्रतिवाद गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने–‘आज हामीलाई कस्ता कस्ता मान्छेले हेप्दैछन् रु १७ हजार..

एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि होः ओली

१३ माघ, काठमाण्डौँ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानसँग कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक चीन नीति सिद्धान्त मात्रै नभएर व्यवहार पनि भएको बताएका छन् । आज साढे एघार बजे एमाले पार्टीको मुख्यालय च्यासलमा भएको भेटमा ओलीले यस्तो बताएका हुन् । दुई पक्षको कुराकानीमा नेपाल चीन सम्बन्धका विभिन्न आयामहरूमाथि छलफल भएको थियो । भेटमा सहभागी एमालेका विदेश..

एमालेकी ‘लो प्रो–फाइल’ उम्मेदवार रुक्मिणीको ‘हाई प्रो–फाइल’ जित !

१३ माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा मनोनयन दर्ता गर्न विराटनगर पुगेकी रुक्मिणी कोइरालालाई धेरैले भने सारै लो प्रो फाइल उम्मेदवार भयो । एक त गठबन्धन त्यसमाथि लो प्रोफाइल उम्मेदवार । के कारणले उनलाई एमालेले उम्मेदवार बनाउने निर्णय गर्याे ? एमालेका नेताहरू नै कुरा गर्थे । राष्ट्रिय सभामा मतदान गर्ने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उप प्रमुखको सङ्ख्या एमालेको भन्दा धेरै थियो । प्रदेश सभामा ९३ मध्ये ४०..

मेची पुलबाट गगन थापाले सुरु गरे संवाद यात्रा

१३ माघ, झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे ।..

वर्तमान सरकार असफल भईसक्योः एमाले महासचिव पोखरेल

१३ माघ, काठमाण्डौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । नेकपा एमाले बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए । आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण..

बालेनले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने, सुनिता मतदान गर्न लाईनमा

११ माघ, काठमाण्डौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने भएका छन् । बाग्मती प्रदेशको मतदाता रहेका उनी हेटौंडामा जारी मतदान प्रक्रियामा सहभागी नभएका हुन् । कार्यव्यस्तताका कारण मेयर भोट हाल्न जान नभ्याउने उनको सचिवालयले जानकारी दिएको छ । उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगिसकेकी छन् । राष्ट्रिय सभामा रिक्त १९ सदस्य निर्वाचित गर्न अहिले सातै प्रदेशमा मतदान भइरहेको छ । प्रदेश सभा सदस्य र गाउँ..

जसपा र जनमतबीच बढ्दो ‘तिक्तता’ किन ?

१० माघ, जनकपुरधाम । जनमतको प्रदेश संसदीय दलको बैठकले ‘मुख्यमन्त्री नियुक्तिका लागि जनमत पार्टीले दिएको समर्थन फिर्ता लिइएको’ पत्र मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ । पत्रको बोधार्थ प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा सचिवालयलाई पनि दिइएको जनमतका संसदीय दलका नेता महेशप्रसाद साहले बताए । जनमतले सरकारलाई दिएको समर्थन फिर्तासँगै शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहलाई फिर्ता बोलाएको छ । दुवै मन्त्रीले..

मध्यपहाडका समस्याबारे एमालेले सरकारलाई दियो लिखित जानकारी

९ माघ, कामाण्डौँ । नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका..

हत्या अभियोगमा पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतको अनुमति

७ माघ, काठमाण्डौँ । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो । खड्काले भने, ‘अदालतबाट पक्राउको अनुमति पाइसकेका छौं । निजहरूको खोजी गर्दैछौं ।’ सुर्खेतको जनमाविमा अध्ययनरत्..

पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन ओलीको निर्देशन

४ माघ, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् । आज बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले..