राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै
२९ पौष, काठमाण्डौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ । आजको बैठक..

ओलीको मति अझै सुध्रिएको छैन रहेछः माधव नेपाल
२५ पौष, काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीको मति अझै नसुध्रिएको टिप्पणी गरेका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै मति ठीक नभएसम्म कम्युनिष्टहरु मिल्ने भनेर नहुने तर्क गरे । उनले भने, ‘ओली राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई १३ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै उनको..

कोशी प्रदेशसभाको सभामुख निर्वाचन दिउँसो ३ बजे गर्ने निर्णय
२४ पौष, विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानै देखि चलिरहेको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई..

गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने
२४ पौष, काठमाडौं । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ । एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ । कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा ५२ जनाको उम्मेदवारी दर्ता
२३ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा मनोनयन दर्ता भएको छ । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको समयमा सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।..

राष्ट्रियसभा निर्वाचनः सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने
१८ पौष, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सीट भागबन्डाको विषयलाई लिएर सत्ता गठबन्धनले एमालेसँग पनि छलफल गर्ने भएको छ । तीन बजे सत्ता गठबन्धनको बैठक बसे लगत्तै एमालेसँग छलफल गर्न लागिएको हो । ५ बजेका लागि एमालेसहितको बैठक बोलाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘एमालेलाई पनि केही सीट दिएर जाने कि भन्ने गठबन्धनमा कुरा भएको छ । त्यही अनुसार आज बैठक बोलाइएको छ।’ उनले एमालेलाई कति..

सामान्य प्रशासनमन्त्री शाहले सुरु गरिन पुलिस क्लबभित्रै अनसन
१६ पौष, काठमाण्डौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी शाह महेन्द्र पुलिस क्लबभित्रै अनसन बसेकी छन् । उनले धोतीलाई राष्ट्रिय पोशाकको मान्यता र आज बिहान र्यालीको क्रममा पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्ने माग राख्दै अनसन थालेको बताइएको छ ।राष्ट्रिय धोती दिवसका अवसरमा बिहान जनमत पार्टीले र्याली निकाल्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न लाग्दा मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउत, पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता..

बालकुमारी घटनामा श्रम र भौतिक पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न राज्य व्यवस्था समितीको निर्देशन
१६ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकामा बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भएको बालकुमारी घटनामा दुई युवाको मृत्यु भएपछि सोमबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै समितिले उक्त घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो । त्यस्तै बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिको थप व्यवस्था गर्न पनि निर्देशन दिएको छ भने..

धोती दिवस मनाउन निस्किएका सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ
१६ पौष, काठमाण्डौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धोती दिवस मनाउन माइतीघरमा पुगेका हुन्। जनवरी १ का दिन पहाडी समुदायले टोपी दिवस शुरु गरेपछि मधेशमा धोती दिवस मनाउन थालिएको छ। स्थानीय प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म धर्ना,..

कम्युनिष्टसंग सहकार्य गरिराखे कांग्रेसको अस्तित्व संकटमा पर्नसक्छः शेखर कोइराला
१६ पौष, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय..