राजनीति
सरकारले थालेको सुशासनको अभियान रोकिन्दैन्ः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ
१२ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान नरोकिने दाबी गरेका छन् । सप्तरीमा आयोजिक एक कार्यक्रममा बोल्दै ललिता निवास, भुटानी शरणार्थीदेखि बासबारी जग्गा हिनामिनाको ठूला फाइल खोलेको बताए । उनले भने, ‘सरकारले भ्रष्टाचार र जालसाझी, किर्ते र ठगी गरेर राज्य लुट्ने प्रक्रियालाई बन्द गराएर दोषी र अपराधीलाई कानूनको कठघरामा ल्याइछाड्छौं । र, नेपालमा ठूल्ठूला पहुँच भएका धनाड्यहरु र ठूला कर्मचारीहरु मिलेर लुटे भन्ने स्थितिको..
समाजवादी मोर्चाले नेकपा एमालेसहित वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने
१२ फागुन, काठमाडौं । समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुने पत्राचार गर्ने निर्णय गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको हो । विप्लव नेतृत्वको नेकपा नेता अनिल शर्माको अनुसार अब मोर्चाको निर्णपछि मोर्चाका संयोजक नेत्र विक्रम चन्द मोर्चामा आबद्ध हुनको लागि पत्राचार गर्नेछन् । उनले भने, ‘एमालेसहित नेकपा मशाल, मोहन वैद्य किरण, आहुती, ऋणी कट्टलेलगायत सबैले नेतृत्व..
एकमत भएर गए काँग्रेसलाई कसैले हराउन सक्दैन्ः काँग्रेस नेता डा. शशांक कोइराला
१२ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको..
बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैनः प्रधानमन्त्री ‘प्रचण्ड’
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, ‘बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र..
लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल
९ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभएको छ। लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उहाँले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाउनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय..
कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले राखे १६ बुँदामा साझा धारणा
९ फागुन, ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोसी प्रदेशका १४ जिल्ला सभापतिहरुले १६ बुँदामा साझा धारणा राखेका छन् । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उनीहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको सांगठनिक परिचालनलगायत विषयमा साझा धारणा प्रस्तुत गरेका हुन् । जिल्ला सभापतिहरुले नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुको हकमा स्वतः महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुने व्यवस्था परिवर्तन गरी क्षेत्रीय प्रतिनिधि मात्र कायम गर्नुपर्ने, पार्टीको आन्तरिक..
एमाले बैठक : चार एजेण्डामा समूहगत छलफल आजदेखि
९ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा मंगलबार विभिन्न प्रस्तावहरू पेश भएपछि बुधबारदेखि ती प्रस्तावहरूमाथि छलफल हुन लागेको हो । छलफलका लागि विभिन्न ९ वटा समूह बनाइएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बुधबार विहान १० बजेबाट समूहगत छलफल सुरु हुने एमालेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार समूहगत छलफल मुलतः बैठकमा प्रस्तुत चार वटा..
सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली
९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् । मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेको गठबन्धनको उद्धेश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अगाडी बढ्न नदिनु हो, एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्रहत्या गर्नु हो ।’ वर्तमान सरकारको..
कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने
८ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेस गर्दै उनले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिएका हुन् । उनले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।’..
देउवालाई ओलीको प्रश्नः कांग्रेस एक्लै उभिन सक्छ ?
८ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनविना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्काे मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरे । उनले भने, ‘हेर्दा हेर्दा कांग्रेस साँच्चै बुढो भयो । त्यति..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७