राजनीति
कांग्रेसले लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा गृहमन्त्री रवि
३ चैत, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् । शुक्रबार सहकारी ठगीमा मुछिएको आरोप लगाउँदै कांग्रेस सांसदले सदनमा अवरोध गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सदनमा मौका पाउनेबित्तिकै आफूमाथि उठाइएको प्रश्नसहित ‘कांग्रेसलाई नौ मिनेट १८ सकेन्ड पढाउने इच्छा’ रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनका पक्षमा काम गर्दै..
माओवादी केन्द्र र नेपाल समाजवादीबीच पार्टी एकता गर्ने सहमति
३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी..
उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता
१ चैत, काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पाकिस्तानका राजदूत अब्रर हाश्मीले बधाई तथा शुभकामना दिएका छन् । नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री श्रेष्ठलाई आज सिंहदरवार भेटवार्ता गर्दै राजदूत हाश्मीले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरु बिच दुई देशको आपसी हितका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपनिर्वाचन गर्न ८ करोड लाग्ने
१ चैत, काठमाडौं । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो । अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत व्यवस्थापन गर्न चुनौती देखिएको सचिव पुष्करले जानकारी गराएका थिए । ‘निर्वाचन गर्न सबै..
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
१ चैत, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी..
मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुन्छ: अध्यक्ष ओली
१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने बताएका छन् । बिहिबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो सामाजीक सञ्जालमार्फत अध्यक्ष ओलीले सुरुमै सजगता अपनाउन आम नागरिकलाई सुझाव दिएका हुन् । उनले लेखेका छन्,‘मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु’, । ‘हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ ‘प्रत्यारोपण गर्नु धेरै..
माओवादी केन्द्रकाे बैठक पुनः सर्याे
१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः सरेको छ। आज बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण सरेको हो। बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने छ। गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण आजका लागि तय गरिएको थियो। सो स्थायी समिति बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति..
कोशी प्रदेश सरकार जोगाउन कस्सियो नेपाली कांग्रेस
१ चैत, काठमाडौंँ । कोशी प्रदेश सरकार जोगाउन नेपाली कांग्रेस जुटेको छ । कांग्रेसका मुख्यमन्त्री रहेको प्रदेश सरकार कसरी जोगाउने भन्नेबारे बिहीबार बिहान पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूबिच छलफल भएको छ । ‘कोशी सरकारबारे छलफल भएको हो । जोगाउन लाग्नु स्वाभाविक हो’ पार्टी प्रवक्ता डा। प्रकाश शरण महतले भने । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी सरकार सङ्कटमा परेको अनुमान गरिएको छ । त्यसबारे देउवा निवासमा पार्टी..
प्रतिनिधिसभा बैठक बस्दै
१ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । त्यस्तै ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्..
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
३० फागन, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए । जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका छन् । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् । सत्ता समीकरण..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७