प्रतिनिधिसभा बैठक आज बस्दै

२४ फागुन । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

२४ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् । बुधबार गृह मन्त्रालयमा पदबहाली गरे संगै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ,“नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा..

एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा जानेबारे निर्णय गर्ने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई बार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिएलगत्तै नेताहरु प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक..

‘एमाले बाहेक अरु केही सोच्न सक्दिन्’- सुहाङ नेम्वाङ

२३ फागुन, इलाम । बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्। एमालेले सुहाङलाई नै उम्मेदवार बनाउने चर्चा छ। तर, सुहाङलाई इलाम २ को उपनिर्वाचनको टिकट दिने चाहना एमालेले भन्दा अर्को पार्टीले बढी राखेको छ र त्यही अनुसार उनलाई आफ्नो पार्टीमा भित्र्याउन प्रयास पनि गरिरहेको छ। पुराना दलहरुलाई चुनौती दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि..

नारायणकाजी श्रेष्ठलाई दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा

२३ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् । पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका हुन् । यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । नारायणकाजी श्रेष्ठलाई फेरि परराष्ट्र मन्त्रालयको जिम्मा बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी उपप्रधान एवं गृहमन्त्री थिए ।..

रास्वपा सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दै

२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । बुधबार पार्टीले मन्त्रीहरूको नाम टुंगो लगाएको हो । त्यस्तै सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने पार्टीका एक नेताले बताए । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल..

रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय

  २३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।

अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगे सभापति देउवा

२३ फागुन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला सभापति अध्यक्ष नेपाल भेट्न नेपालकै निवासमा पुगेका हुन्। हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्।

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त

२३ फागुन । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ। केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा एमालेसहितको गठबन्धन बनेको छ। केन्द्रमा फेरिएको सत्ता समीकरणको असरले प्रदेशका मुख्यमन्त्रीहरूले मन्त्रीहरूलाई बर्खास्त गर्नेदेखि मन्त्रीहरूले आफैँ राजीनामा दिने क्रम देखिएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पदमुक्त गरेको..

कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै पार्टीले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले २०७९ मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा साझा ढङ्गले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको कार्यादेशप्रति..