राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

२८ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । दाहाल सत्ता गठबन्धनका उम्मेदवार हुन् भने शर्मा कांग्रेस उम्मेदवार हुन् ।

पार्टीले योग्य ठाने प्रतिस्पर्धाका लागि तयार रहेको सुहाङ नेम्वाङको दाबी

२८ फागुन, इलाम । इलाम–२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि..

अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगिन् मन्त्री भगबती चौधरी

२७ फागुन, इटहरी । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्ला पुगेकी छिन् । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी..

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुर मोहन श्रेष्ठ

२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो ।  लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए । पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक नेताले बताए..

झापा एमालेको अध्यक्षमा दुई जनाको दावेदारी

२७ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटी झापाको शनिवार बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । अधिवेशनमा ७ सय हाराहारी प्रतिनिधि हुने छन् । पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री अग्नी खरेलको प्रमुख आतिथ्यता रहेको बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।..

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच ‘सम्बन्ध सुधार’ भेटवार्ता

२७ फागुन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एउटै गठबन्धनमा सहभागी भइसकेपछि सम्बन्ध सुधार वार्ता भएको बताए । ‘विगतको समीक्षा भयो होला,’ उनले भने । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास..

माओवादी केन्द्र संसदीय दलको बैठक आज ३ बजे बस्दै

२७ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ । आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए । आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले..

जरदारी पाकिस्तानको नयाँ राष्ट्रपति

२७ फागुन । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उमेदवार आसिफ अली जरदारी भारी अग्रताका साथ विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले जरदारी विजयी भएको घोषणा गरेको हो । जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचन मण्डलबाट ४११ मत ल्याएर चुनाव जितेको आयोगले जनाएको छ । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे । पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट..

देशको अवस्था परिवर्तन भएन भन्ने कुरामा सत्यता छैन्ः केपी शर्मा ओली

२६ फागुन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो..

अभियोग लागिसकेपछि मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा छन्– विश्वप्रकाश शर्मा

२६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले निर्देशन दिएको सहकारी ठगीको छानबिन गर्ने निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्। नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरे। उनले भने– प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनुभएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नुपर्छ..