नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा हुने

२६ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो । बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र..

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लवले जुम्लामा थाले स्याउ खेती

२६ फागुन, जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जुम्लामा स्याउ खेती थालेका छन् । उनले जुम्लाको चन्दननाथ– २ हाडुल्लेमा शुक्रबार स्याउ खेतीको उद्घाटन गरेका थिए । उक्त अवसरमा महासचिव विप्लवले ३ वर्षभित्र पार्टीलाई आत्मनिर्भर एवं चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘क्रान्ति गर्नुमात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौं । आज क्रान्तिप्रति वितृष्णा छ, विचलन देखिएको छ..

लामिछानेलाई मन्त्री बनाएकोबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

  २४ फागुन, काठमाडौँ  । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । ‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु,’  उनले भने, ‘यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ..

मन्त्री बन्नासाथ महिलामन्त्रीले तय गरिन् अमेरिका भ्रमण

२४ फागुन, काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय भएको थियो । तर, सोमबार नयाँ मन्त्रीमण्डल गठन भएर आचार्य बाहिरिएपछि बुधबार चौधरीले नवनियुक्त महिला बालबालिकामन्त्रीका रुपमा पदभार ग्रहण गरेकी थिइन् । मन्त्रालय स्रोतका अनुसार चौधरी मन्त्रालयमा आउनासाथै यसअघिका मन्त्रीसहित सरकारी टोली अमेरिका..

उपनिर्वाचनको तयारीमा जुट्यो जिल्ला निर्वाचन कार्यालय इलाम

२४ फागुन, इलाम । जिल्ला निर्वाचन कार्यालय इलाम आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको छ । बुधबार जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार एवम् सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरी इलाम–२ को उपनिर्वाचनको तयारीमा जुटेको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रमका सरोकारवालाहरुले निष्पक्ष र धाँदलीरहित निर्वाचनमा प्रतिवद्धता जनाएका छन् । निर्वाचनको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी काम गर्न निर्वाचन कार्यालयलाई सरोकारवालाहरुले सुझाएका..

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री दाहाल

२४ फागुन,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताएका हुन्। ‘सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक समीकरणमा परिवर्तन र..

कांग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छ- प्रमुख सचेतक लेखक

२४ फागुन,  काठमाडौं ।  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा नेता लेखकले सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकका निर्णयबारे जानकारी गराउँदै आफ्नो पार्टीले तत्कालीन गठनबन्धनप्रति इमानदारिता र सदासयता देखाउँदादेखाउँदै अकारण नयाँ गठबन्धन बनाइएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। यही फागुन २१ गते सत्तागठबन्धनमा फेरबदल आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पुनर्गठित सरकार..

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

२४ फागुन,  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए । यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।..

नेपालको निर्वाचन संस्कृति नै भ्रष्ट छः अधिवक्ता पोखरेल

२४ फागुन, दमक । अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वाेच्च अदालत जाने बताएका छन् । बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वाेच्च जान लागेको बताएका हुन् । पोखरेलले भने –‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन..

१९ जना नवनियुक्त मन्त्रीले लिए शपथ

२४ फागुन । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो बरियताको उपप्रधान तथा गृहमन्त्री बनेका छन्। बुधबार १९ जना मन्त्रीले शपथ  राष्ट्रपति..