बाबुराम समूहको बैठक बस्दै, यादव पक्षद्वारा बहिष्कार

बाबुराम समूहको बैठक बस्दै, यादव पक्षद्वारा बहिष्कार


४ चैत, काठमाडौं । पार्टीमा आन्तरिक विवाद चर्किएकै बेला नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ।

नेसपामा डा बाबुराम भट्टराई पक्षका नेताहरुको बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने बताइएको छ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्रराय यादव समूहले यो बैठक बहिष्कार गर्ने भएको छ।

यादव समूहले शनिबार नै माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरिसकेको छ।

यो समूहले सिंगो नेपाल समाजवादी पार्टी नै माओवादी केन्द्रसँग एकता गर्न लागेको बताए पनि पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई एकताको विपक्षमा देखिएका छन्।

प्रतिक्रिया:

सम्बन्धित खवर