राजनीति

पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको होः ओली
२९ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका छन् । उनले पहिलेको गठबन्धन ‘खरानीको डल्लो’ भएकाले फुटाइएको बताए । “गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपथ्र्याे,” उनले भने । मंगलबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले सरकार परिवर्तन आफूहरूले नै गराएको बताए । चीनले गराएको भनेर..

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
२९ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत..

माधव मिसिएपछि नयाँ गठबन्धनमा ७ बुँदे सहमति
२९ फागुन, काठमाडौं । सत्तारुढ पाँच दलबीच सात बुँदे सहमति भएको छ । आज (मंगलबार) बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा उक्त सहमति भएको हो । अहिले (एमाले), नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी छ । जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको..

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्वीप जारी
२९ फागुन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । आज (मंगलबार) बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो । सबै सांसदलाई अनिवार्य रुपमा उपस्थित हुन र प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाले भनेको छ । प्रधानमन्त्रीले भोलि (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । प्रतिनिधि सभामा रास्वपाको..

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
२९ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल..

एमालेले बोलायो संसदीय दलको बैठक
२९ फागुन । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बैठक बोलाइएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन्। यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई..

रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने, प्रदेशमा नलड्ने
२८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको एक नेताले बताए । वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । रास्वपा गत मंसिरमा प्रदेशको निर्वाचनमा सहभागी भएको थिएन । सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको..

प्रतिनिधिसभा निर्वाचनका लागि जसपा इलामले गर्यो तीन जनाको नाम सिफारिस
२८ फागुन, इलाम । इलाम–२ मा आगामी वैसाख १५ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल इलामले तीन जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको जसपा जिल्ला समितिको बैठकले तीन जना सम्भावित उम्मेद्वारको नाम लिम्बुवान राष्ट्रिय समितिमार्फत प्रदेश नं. १ समितिमा सिफारिस गरी पठाएको हो । यसरी सिफारिस हुनेहरुमा जसपा नेपालका सल्लाहकार डा. महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बू रहेका छन्..

राप्रपा कार्यलयमा भएको कुटपिटको बिषयमा प्रहरीले थाल्यो छानबिन
२८ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने..

प्रधानमन्त्रीलाई बिश्वासको मत नदिन सांसदहरुलाई लेखकको निर्देशन
२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दे विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका छन् ।