राजनीति
‘होलीपर्व’ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन योगदान पुर्याउँछः राष्ट्रपति
११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन्। होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख बताएका छन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे। ‘होलीपर्व असत्यमाथि..
जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा शिवसताक्षीको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा सरसफाई
११ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको प्रभात फेरी कार्यक्रम अन्तर्गत नगरका सबै वडामा विभिन्न कार्यक्रम सञ्चालन भएको छ । आसन्न नेकपा एमालेको झापा जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा जिल्ला कमिटीको निर्णय अनुसार शिवसताक्षीमा विभिन्न कार्यक्रम सञ्चालन भएको हो । शिवसताक्षी वडा ९ को वडा कमिटीले नगरको धार्मिक क्षेत्र चिल्लागढ परिसरमा झरीका बीच पनि सरसफाई गरेको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा (रोषन) ले जानकारी दिनुभयो । त्यस्तै वडा..
उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै
११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..
आज एमाले सचिवालय बैठक
११ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।
खेलकुद मन्त्री श्रेष्ठले भने, ‘अहिले ट्रेलर मात्रै हो, फिल्म ८४ मा आउँछ’
१० चैत, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मिसन ८४ को अभ्यासका लागि पार्टी सरकारमा गएको बताएका छन् । शनिबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले २०८४ सालमा रास्वपाका धेरै जना मन्त्री बन्ने र अहिले ट्रेलरका रूपमा केही मात्र मन्त्री बनेको बताए । अहिले ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको श्रेष्ठले दाबी गरे । अहिले आम नेपालीलाई ‘सर्भिस..
एमाले झापाको ११औं जिल्ला अधिवेशन चैत १५ गते
१० चैत, बिर्तामोड । नेकपा (एमाले) झापाको ११औं जिल्ला अधिवेशन यही चैत १५ गतेदेखि हुने भएको छ । सो अधिवेशनको उद्घाटनका लागि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि जिल्ला कमिटीको नवौं पूर्ण बैठकले गठन गरेका ११ वटा उपसमितिले आ–आफ्ना जिम्मेवारीहरु क्रमशः पूरा गर्दै गएको उपसमितिका संयोजकहरुले सचिवालय बैठकमा जानकारी गराएका छन् । बिर्तामोडको अग्रसेन भवनमा गरिने अधिवेशनका लागि..
नैतिकताको आधारमा गृहमन्त्रीेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन्ः शेखर कोइराला
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दाेष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ कोइरालाले भने । सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत कोइराला बताए ।..
सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटे
१० चैत, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्। शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएसँगै उनलाई हाजिरी जमानीमा छोडेको हो। केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता होविन्द्र बोगटीले महरालाई छोराको जिम्मा लगाएर हाजिरी जमानीमा छाडेको जानकारी दिए।हिरासतमुक्त भएपनि उनीमाथि अनुसन्धान भने जारी रहनेछ । सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ। चैत्र ५ गते सोमबार..
काठमाडौंमा एमालेको हैसियत दस प्रतिशत मात्रै भयो, यसलाई बदल्नु छ’- एमाले अध्यक्ष ओली
८ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पार्टी दस प्रतिशतमा खुम्चिएको बताएका छन्। पार्टी काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दसवटा निर्वाचन क्षेत्रमध्ये एमालेले मुस्किकले एउटा जित्न सकेको बताएका हुन्। ‘गएको निर्वाचनमा दसवटा निर्वाचन क्षेत्रमध्ये एउटामा हामीले मुस्किलले जित्यौं। यस स्थितिलाई अनिवार्यरूपले बदल्नु छ। बदल्नैपर्छ। एमालेका लागि काठमाडौंमा यस्तो खालको पराजय कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन।..
‘रास्वपा’ का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर
८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो । उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७