मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली देखि माईसम्मको काम सुरु हुने

१४ कार्तिक, झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ । आज शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो । वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री..

एमाले अधिवेशन- माईमा मुखराज, फाकफोकथुममा अर्जुन

१३ कार्तिक, माई . नेकपा (एमाले) फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा अर्जुनकुमार लिम्बू निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले उपाध्यक्षमा टेकबहादुर खपांगी, सचिवमा ओमप्रसाद खनाल र उपसचिवद्वयमा होमकुमार लायोमगर र कविता राईलाई चयन गरेको छ । पार्टी गाउँ कमिटीका निवर्तमान अध्यक्ष नवीन मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य रामबहादुर  रानामगरले गरेका थिए । यस्तै, माई नगरपालिकाको एमाले अध्यक्षमा मुखराज आङ्देम्बे चयन भएका छन् । उपाध्यक्षमा राजकुमार गड्तौला, उपसचिवमा..

रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..

सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत

काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।

रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की ।  कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने, जोशी र सोही प्रकरणमा पक्राउ परेकी लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बिहीबार जिल्ला..

एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर

काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ । पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच..

पोखरामा आन्दोलन बाहेक घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी

७ कात्तिक, काठमाडौं ।  रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो..

प्रेम आले भन्छन्- मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ

५ कार्तिक, काठमाण्डौँ । सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए । आलेले नेपाल प्रेससँग भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’..

पोखरामा रास्वपा कार्यकर्ता कालोपट्टी बाँधेर सडकमा, सहकारी पीडित पनि उत्रिए

४ कार्तिक, कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि त्यसको विरोधमा रास्वपा कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरू कालोपट्टी बाँधेर सडकमा उत्रिएका हुन् । जिल्ला अदालत कास्की वरिपरि कडा सुरक्षा व्यवस्था अपनाइएको छ भने पोखरामा सहकारी पीडितले पनि लामिछानेलाई कारबाहीको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् । रास्वपाले प्रत्येक जिल्लाबाट कम्तिमा पनि एक सय जना कार्यकर्तालाई पोखरामा उपस्थित भएर विरोध प्रदर्शन गर्न सर्कुलर..