मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत प्राप्त


२८ साउन, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ ।

९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर