राजनीति
किरात राई यायोख्खा दमक ७ द्वारा रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
झापा । किरात राई यायोक्खा प्राराम्भिक कार्य समिती द्वारा दमक ०७ कार्यलयमा जेष्ठमा रक्तदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। कि.रा.या. दमक ७ वडा समिती अध्यक्ष लालसुन्दर राईको अध्यक्षता भऐको कार्यक्रमको प्रमुख अतिथी दमक ७ वडाध्यक्ष भिम प्रसाद पौडेल, बिशिष्ठ अतिथी समाजसेवि साहित्यकार सुमित्रा वागंदेल चेली, यायोक्खा नगर समिती सचिव साथै किरात याक्थुम चुम्लुङ वडा ७ अध्यक्ष महेन्द्र योगंया, निलकण्ठ टोल बिकासको अध्यक्ष देब बिश्वजित, नमुना ब्याडमिन्टन सचिब धनेश्वर कार्की,..
पूर्व प्रधानमन्त्री खनाल सहित नेकपा इलामको उम्मेदवार सिफारिस
इलाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम जिल्लाको कार्यदल बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित उम्मेदवार सिफारिस गरेको छ । विजय खम्बुको अध्यक्षतामा साविक नेकपा (एकीकृत समाजवादी) को निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालय फिक्कलमा सम्पन्न भएको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा (प्रत्यक्ष), समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समिति र केन्द्रमा सिफारिस..
युवालाई एमाले प्रवेश गराउदैँ सुहाङ
इलाम । इलामको माङसेबुङमा युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका साथै नवयुवाहरू एमालेमा प्रवेश गरेका हुन् । भीमराज लिम्बू, दीपेन्द्र योङहाङ, धनकुमार राई, हर्कमाया राई, सुनिता लिम्बू, गोल्ला राई, विना योङहाङलगायत एक दर्जन बढी युवाहरु एमालेमा भित्रिएका छन् । कोशी प्रदेशका मन्त्री राम राना, निवर्तमान सांसद सुहाङ नेम्वाङलगायतले उनीहरूलाई एमालेमा स्वागत गरे ।
दमकमा एमालेको सद्भाव र्याली सम्पन्न
१५ कार्तिक, झापा । नेकपा एमाले दमक नगर कमिटीको संयोजनमा दमकमा सद्भाव मोटरसाइकल र्याली निकालिएको छ । देशमा जेन जी आन्दोलन पश्चात उत्पन्न बिषम राजनीतिक परिस्थितीकाबीच दमक नगर कमिटी अन्तर्गत जनसंगठन संयन्त्रको आयोजनामा नगर संयोजक बिवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त र्याली निकालिएको हो । र्यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिती रहेको थियो । र्यालीमा..
एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रेको काम सुरु
२ कार्तिक, झापा । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रे सुरु भएको छ । काँकरभिट्टादेखि केरखासम्मको ४५ किलोमिटरमध्ये अढाई किलोमिटर सडकमा कालोपत्रे गरिएको काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)ले जनाएको छ । बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा कालोपत्रे धमाधम भइरहेको छ । काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तले सडकको एकातिरको लेनमा पहिलो सतहको कालोपत्रे गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय निर्माण व्यवसायीले पनि..
थरीथरीका जेनजी : रोडम्याप अस्पष्ट
काठमाडौँ । भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ । जेनजी प्रतिनिधिको रूपमा पछिल्लो समय देखा परेका अनुहारमध्ये कतिपयले यही संविधान अनुसार हुने निर्वाचनले जेनजी पुस्ताको माग र आकाङ्क्षा सम्बोधन नगर्ने तर्क गरिरहेका छन् भने कतिपयले..
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्। कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ । नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको..
अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो
शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ..
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, उपमहासचिव भन्छन्- सम्भवतः चाँडै हामी महाधिवेशन गर्दै छौँ
काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आज गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दै छौँ । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’..
संविधान दिवसः संवैधानिक सर्वोच्चताको रक्षा र नयाँ पुस्ताप्रतिको अपेक्षा
२ असोज । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ यात्रामा प्रवेश गर्यो । यो ऐतिहासिक दिन नेपाली जनताको दशकौं लामो संघर्ष, क्रान्ति र बलिदानको प्रतिफल हो । त्यसैले भोली असोज ३ गते मुलुकको ऐतिहासिक दिनलाई संविधान दिवसका रूपमा मनाइँदैछ । संविधानले नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको मार्गचित्र कोरेको छ । त्यसैले संविधान दिवस केवल औपचारिक उत्सव होइन, संवैधानिक..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७