ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने माओवादीको रणनीति

ओली सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने माओवादीको रणनीति


२६ फाल्गुन, काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अघि संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो ।

त्यस्तै आज नै माओवादी केन्द्रको स्थायी समिति बैठक पनि बस्दैछ । संसद संञ्चालन, सरकार र राजनीतिक प्रक्रियाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।

प्रतिनिधि सभाको सातौं अधिवेशन अन्तर्गतको दोस्रो बैठक आज १ बजे बस्दैछ ।

प्रतिनिधिसभा बैठक अघि दल र पार्टीको बैठक बसेर रणनीति बनाउने माओवादी संसदीय दलका उपनेता देव गुरुङले बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने बारेमा समेत छलफल हुने अर्का एक नेताले जानकारी दिए । ती नेताका अनुसार समर्थन फिर्ताबारे आजै निर्णय नभएपनि छलफल भने हुनेछ । ‘अहिल्यै समर्थन फिर्ता लिने निर्णय त नहोला तर छलफल अवश्य हुन्छ तर वैकल्पिक व्यवस्थाको तय नहुँदासम्म समर्थन फिर्ता गर्ने अवस्था रहँदैन’, ती नेताको भनाइ छ ।

ती नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा बन्ने नयाँ सरकारबारे ठोस निर्णय र तयारी नहुँदासम्म माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिने वित्तिकै ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ । त्यसका लागि ओलीले अरु दलको समर्थन जुटाउनुपर्ने बाध्यता हुन्छ । रातोपाटी

प्रतिक्रिया:

सम्बन्धित खवर