नेकपा फुट्दैमा कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैनन्ः डा. शेखर कोईराला

नेकपा फुट्दैमा कार्यकर्ताले कांग्रेसलाई भोट हाल्दैनन्ः डा. शेखर कोईराला


२६ फाल्गुन, झापा । विचारको राजनीतिमा गुट हुनु स्वभाविक भएपनि पार्टी अधिवेशनको तुस अन्य चुनावमा निकाल्ने परिपार्टी ठिक नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले बताउभएको छ ।

झापाको दमकमा मंगलबार क्षेत्रीयस्तरका अगुवा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता कोईरालाले विचारको राजनीतिमा गुट हुनुलाई आफूले स्वभाविक रुपमा लिने गरेको भन्दै अधिवेशनको तुस चुनावमा निकाल्छ भने त्यो कांग्रेस हो कि होइन ? भन्दै प्रश्न गर्नुभयो ।

कांग्रेसमा पहिलो वरियताका नेता वीपि कोईराला भारतमा हुँदा दोश्रो वरियताका नेता सूवर्ण शम्सेरले राजा र भारतसंग सहकार्य गरेर जानुपर्ने र कृष्णप्रसाद भट्टराईले जेलबाटै जेल बस्न तयार छु तर राजासंग घुँडा टेक्दिन भनेबाट पनि इतिहासले कांग्रेसमा फरक विचार अर्थात मतान्तर हुने गरेको बताउनुभयो । कार्यकर्ताहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै नेता डाक्टर कोइरालाले पार्टीमा विचारमाथिको बहस अहिले फरक भएर आएको पनि विश्लेषण गर्नुभयो ।

कांग्रेस नेता कार्यकर्ता भित्रका अनेकन विकृतिहरुको बिषयलाई सुक्ष्म रुपमा केलाउँदै नेता कोईरालाले पार्टीका भातृ संगठनहरुको अधिवेशन समयमा नगरिनुलाई लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक व्यवहार भनि आलोचना गर्नुभयो ।

पार्टी सभापति शेर बहादुर देउवाप्रति लक्षित हुँदै नेता कोइरालाले भन्नुभयो–‘हामी लोकतान्त्रिक हौं त भन्छौं, हाम्रो आचरण, व्यवहार लोकतन्त्रवादी छ कि छैन ?’

नेता कोइारालाले नेकपा फुटेर अहिले एमाले र माओवादी बन्दैमा कम्युनिष्ट पार्टीका कार्यकर्ताले कांग्रेसलाई भोट दिएलान भन्ने कांग्रेसले सोच्नु गलत हुने भन्दै कांग्रेसले निर्वाचन जित्नका लागि संगठननै माध्यम भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर