देउवा र प्रचण्डवीच भेटवार्ताः कुन–कुन बिषयमा छलफल भयो ?

देउवा र प्रचण्डवीच भेटवार्ताः कुन–कुन बिषयमा छलफल भयो ?


२४ वैशाख, काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सम्पन्न भएको छ । वार्ताका लागि देउवा निवास बुढानिलकण्ठमा प्रचण्ड पुग्नुभएको थियो । आज साँझ दुई नेताबीच अबको रणनीति टुंगो लगाउनेबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्ने बिषयमा छलफल भएको थियो । स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउने समिकरणबारे समेत कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिनु अघि तिव्र रुपमा राजनीतिक घटना विकास भइरहँदा देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर