चार सय ३० कैदीबन्दीलाई माफी मिनाहा

चार सय ३० कैदीबन्दीलाई माफी मिनाहा


१४ जेष्ठ, काठमाण्डौँ । सरकारले चार सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेष्ठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गर्नुभएको हो ।

मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर