समाचार
भारतमा किशोरी बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट दुई जना पक्राउ
२८ जेठ । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर..
राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस
२८ जेठ । राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गरेका हुन्। सांसद शेर्पाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुपरेको बताए । प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो..
मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्री प्रचण्डको विश्वास
२८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । शपथ ग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताए । सन्देशमा..
विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला
२८ जेठ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् । आइतबार..
चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको पुन:नामकरण गर्दै
२८ जेठ । इलामको चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको नाम नेपाली भाषा (देवनागरी) मा पुनःनामकरण गर्ने भएको छ । यसअघि अङ्ग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार अङ्ग्रेजी तथा विदेशी नाम राखेका संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी पुनःनामकरण गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले..
दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण
२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतद्वरा प्रमाण झिकाउन आदेश
२८ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए । उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वाेच्चले आदेश दिएको छ । “उपप्रधान तथा गृहमन्त्री लामिछाने..
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् । उक्त अवसरमा राष्ट्रपति मुर्मू र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी..
कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने स्वास्थ्यमन्त्री यादवको चेतावनी
२८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने चेतावनी दिएका छन् । सोमबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेको भन्दै चेतावनी दिएका हुन् । केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाइन्छ, धेरैजना सस्पेन्ड हुन्छन्, हेर्दै जानुहोला, मन्त्री यादवले भने । त्यसका निम्ति आफू रातको समयमा पनि अनुगमनमा निस्कने उनको दाबी छ ।..
ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम सम्पन्न
२८ जेठ । नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्दछ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७