बिर्तामोडको बेरुजु अघिल्लो वर्षको तुलनामा ७.५८ प्रतिशत घट्यो

२६ जेठ, झापा । झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९–८० को बेरुजु ४.५४ प्रतिशत छ ।

यो आर्थिक वर्ष ०७८–७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।

२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिनुभयो।

बिर्तामोडमा सैधान्तिक बेरुजु, नियमित गर्नुपर्ने बेरुजु , प्रमाण पेश गर्नुपर्ने बेरुजु, असुलउपर गर्नुपर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् । अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै गएको र यसलाई शून्यमा झार्ने रणनीतिका साथ काम भईरहेको तामाङको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270