स्थानिय मिडियालाई संरक्षणको माग गर्दै चुलाचुलीका अध्यक्ष केरुङलाई ज्ञापन पत्र

स्थानिय मिडियालाई संरक्षणको माग गर्दै चुलाचुलीका अध्यक्ष केरुङलाई ज्ञापन पत्र


२७ जेठ, इलाम । चुलाचुली गाउँपालिकामा क्रियशिल रहेको स्थानिय संञ्चार संस्थाले आज पालिका अध्यक्ष राजेन्द्र केरुङलाई ज्ञापन पत्र बुझाएका छन् । स्थानिय मिडियालाई संरक्षणको माग गर्दै उनिहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

चुलाचुलीमा दर्ता रहेर कार्यरत रहेका कम्युनिकेशन मिडिया प्रा.लि.का संञ्चालक नितेश राई, आरोह मिडिया प्रा.लि.का सचिव देवेन्द्र पौडेल र चुलाचुली मिडिया प्रा.लि. का प्रतिनिधी सन्तोश गिरी लगायत स्थानिय संञ्चारकर्मीको टोलीले चुलाचुली गाउँपालिका अध्यक्ष केरुङलाई ज्ञापन पत्र बुझाएका हुन ।

उनिहरुले ज्ञापन पत्रमा चुलाचुली गाउँपालिकामा स्थानिय मिडिया संञ्चालन र संरक्षण सम्वन्धी कार्यविधी बनाएर स्थानिय मिडिया संरक्षणमा ध्यानाकर्षण गराएका थिए । एकद्वार प्रणाली मार्फत कार्यविधी बनाएर पालिकाबाट जारी हुने लोककल्याणकारी सुचना प्रसारण गर्न पनि मिडिया संञ्चालकहरुले सुझाव दिए ।

त्यसमा पालिका अध्यक्ष केरुङले संञ्चारकर्मीहरुको सुझावलाई सकारात्मक रुपमा लिएको बताए । संञ्चारकर्मीहरुले स्थानिय तहको गतिविधीहरुलाई स्वतन्त्र रुपमा संम्प्रेषण गर्नु पर्ने बताए । राम्रो कामको प्रचार र कमिकमजोरीको आलोचना मिडियाले स्वस्थ्य र स्वतन्त्र रुपले गर्नु पर्ने उनले बताए ।

चुलाचुली गाउँपालिकामा मुख्य कार्यलय रहने गरी दर्ता भएर हाल ३ वटा मिडिया मात्र संञ्चालनमा रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर