भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी चयन

भारतको प्रमुख विपक्षी पार्टी कांग्रेस संसदीय दलको नेतामा सोनिया गान्धी चयन

२७ जेठ । भारतको प्रमुख विपक्षी पार्टी अल इण्डिया कांग्रेसको संसदीय दलको नेतामा ७७ वर्षीया सोनिया गान्धी चयन भएकी छिन् । शनिबार उनलाई सर्वसम्म संसदीय दलको नेता चयन गरिएको हो ।

पार्टी सांसदहरूको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोनियालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव राखेका थिए । जुन सर्वसम्मत पारित भयो ।

शनिबारै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेता राहुल गान्धीलाई नेता प्रतिपक्षको जिम्मेवारी सम्हालन आग्रह गरिएको थियो । बैठकले उनलाई सो जिम्मेवारी लिनका लागि आग्रह गर्ने निर्णय समेत गरेको थियो । तर, राहुलले भने यो विषयमा निर्णय लिन केही समय चाहिने बताएका थिए ।

विगत १० वर्ष लोकसभामा कांग्रेसको प्रदर्शन निकै खराब हुँदा लोकसभामा कोही पनि नेता प्रतिपक्ष थिएन । तर, योपटकको लोकसभा चुनावमा कांग्रेस अगुवाइको इण्डिया गठबन्धनले राम्रो प्रदर्शन गरेको छ भने कांग्रेसको पनि सिट ९९ पुगेको छ । अब कांग्रेसबाटै संसदमा नेता प्रतिपक्ष चयन हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर