समाचार
प्रदेश सरकारको बजेट सार्वजनिक हुँदै
१ असार । संवैधानिक व्यवस्थाअनुसार आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । चालु आवका लागि सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए । प्रदेशका आर्थिक मामिला मन्त्रालयले आज बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । चालु आवमा संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मधेस प्रदेशले ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । कोसी..
असार ३ गते सार्वजनिक बिदा
१ असार । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद ९उल–अजाह० दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वरा ग्वाटेमाला पराजित
१ असार । नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। खेलको १२औँ र ७७औँ मिनेटमा मेसीले गोल गरे। मार्टिनेजले ३९औं र ६६औँ मिनेटमा गोल गरे। एक गोल उनले पेनाल्टीमार्फत गरेका थिए। खेलको चौथो मिनेटमै लिसान्ड्रो मार्टिनेजको उपहार गोलमा शुरुआती अग्रता बनाएको ग्वाटेमालाले उक्त अग्रता जोगाउन..
जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु
१ असार। ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु शुक्रवार राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो । उपचारको क्रममा उनीहरुको साढे ९..
बारा क्याम्पस प्रमुख हत्या प्रकरण- दुई शंकास्पद व्यक्ति पक्राउ
१ असार। बाराको राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या गरिएको प्रकरणमा प्रहरीले दुई जना शंकास्पदलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख सुरेश काफ्लेले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । शुक्रबार साँझ ५ बजेतिर कुशवाहामाथि मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गम्भीर घाइते..
मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता
१ असार। नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा यस सम्बन्धी भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद् सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएस..
आगामी फागुन ७ देखि ९ गतेसम्म राप्रपा नेपालको राष्ट्रिय महाधिवेशन
१ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिए । समान बिचारधारा भएका शक्तिहरूका बीचमा बृहत राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । महङ्गी भ्रष्टाचारबिरुद्ध..
नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो
१ असार । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह चरणबाट बाहिरिदा नेपालले २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ। अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो। समूह डी मा रहेको नेपाल शनिबार दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सुपर–८ को सम्भावना समाप्त भएको हो । भारत र श्रीलंका आयोजक हुँदा सोझै विश्वकपमा पुगेका छन् । सुपर–८ मा..
सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता
१ असार । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खुर्काेटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् । प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
युरोकप २०२४- आयोजक जर्मनीको सानदार सुरुआत
१ अुसार । आयोजक जर्मनीले युरोकप–२०२४ मा सानदार सुरुआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले पराजित गरेको हो। म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे। खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। जमाल मुसिएलाले १९औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे। पहिलो हाफको ४४औं मिनेटमा राएन पोर्टेओसले रातो कार्ड पाएपछि स्कटल्याण्ड दश..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७