समाचार
राष्ट्रपति पौडेल दोहामा
३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रको सामाजिक न्यायका लागि..
रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलको जितमा
३० जेठ । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ। युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो। खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याएका..
मोरङमा हात्तीको छावा मृत भेटियो
३० जेठ, विराटनगर । मोरङको सुन्दरहरैंचा–६ मा जंगली हात्तीको बच्चा (छावा) मृत भेटिएको छ । बुधबार बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत फेला परेको हो । अन्दाजी ५–६ वर्षको जस्तो देखिने हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवम् अधिकृत अमृतविलाश पन्तले बताए । छावाको सुँडको छेउमा सामान्य चोट देखिएको..
फिफा विश्वकप २०२६/ एसियन कप २०२७ छनोट- नेपाल यमनसँग बराबरीमा रोकियो
३० जेठ । अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो। समूह एचमा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो। योसँगै नेपालले एक अंक जोड्दै विश्वकप/एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ।..
विद्यार्थी पलायन रोक्न कांग्रेस सांसद तेजुलाल चौधरीको माग
२९ जेठ । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले नेपालबाट विद्यार्थी पलायन रोक्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले नेपालमा १६ वटा विश्वविद्यालयको कुनै औचित्य नभएको बताए। उनले भने, ‘हामीसँग उच्च शिक्षा छ, यसका लागि १६ वटा जति विश्वविद्यालय छन्, त्रिविमा मात्रै १ लाख हाराहारी विद्यार्थी छ, अरु विश्वविद्यालयमा विद्यार्थी नै छैन । ती विश्वविद्यालयमा राजनीतिका आधारमा भागबन्डा गर्ने, सोर्स फोर्सका आधारमा विश्वविद्यालय खडा गर्ने प्रवृत्ति छ ।’..
टी–२० विश्वकप- नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दै
२९ जेठ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबिचको खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्सका मिडफिल्डर डी जोङले युरोकप गुमाउने
२९ जेठ । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्। रोनाल्ड कोम्यानको टोलीले अन्तिम अभ्यास खेलमा आइसल्यान्डलाई ४–० ले हराएपछि डच फुटबल संघले बार्सिलोनाका स्टार जर्मनीमा हुने युरो कपमा उपलब्ध नहुने घोषणा गरेको हो। डी जोङको घुँडामा चोट लागेको छ। सोमबार भएको क्यानडाविरुद्धको खेल उनले बेन्चबाट हेरिरहेका थिए। 'उनी आगामी तीन सातासम्म यो स्तरमा खेल्नका लागि फिट हुने छैनन्। उनलाई हामीसँग राख्नुको कुनै अर्थ छैन,' कोम्यानले भने। डी..
बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण
२९ जेठ, झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम..
धान नबिकेपछि झापा कचनकवलका किसान चिन्तित
२९ जेठ, झापा । चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए। ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ’, उनले भने, ‘किसानले धान बाटो पछार्नुपर्ने अवस्था आइसकेको छ।’..
कार्यक्रमस्थलमा बेहोस भएर ढलेका लेखा अधिकृतको उपचारका क्रममा मृत्यु
२९ जेठ । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन्। मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए । बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो । उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७