समाचार
सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा
२९ जेठ । क्रिकेटर सन्दीप लामिछानेको वेस्ट इन्डिज यात्राबारे रोचक खुलासा भएको छ । उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य भर्खरै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खोलेका छन् । यसपटक सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्न सफल भयो । सन्दीप स्वयमले पनि सबैलाई अल्मलाइ दिए । उनले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए ।..
चक्कु प्रहार गरेको आरोपमा बुद्धशान्तिका धिमाल पक्राउ
२९ जेठ, झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वरूण धिमाललाई प्रहरीले चक्कु प्रहार गरेको आरोपमा पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई बिर्तामोड ३ बस्ने काशीनाथ गौतमलाई चक्कु प्रहार गरेको अभियोगमा धिमाल पक्राउ परेका हुन् । बिर्तामोड–३ स्थित विनिता ढकालको घरमा कोठा भाडा बस्दै आएका २८ वर्षीय धिमालले सोही घरको अर्काे कोठामा डेरा गरी बस्दै आएका गौतमलाई जेठ ६ गते बेलुका ८ः३० बजे..
सवारी दुर्घटनामा घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु
२९ जेठ । करिब चार महिनाअघि सवारी दुर्घटनामा परी घाइते भएका बिर्तामोडका अंशु श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ७ बजे बिर्तामोड ४ निवासी १६ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । गत माघ १२ गते अन्दाजी साँझ ५ः४५ बजेको समयमा बिर्तामोड ३ दुर्गा पाटी प्यालेस छेउस्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गइरहेको प्र१–०१–००१च ७१५३ नम्बरको कार र विपरीत दिशातर्फ आउँदै गरेको..
विदेश पठाइदिने भन्दै ठगी गर्ने समूह पक्राउ
२९ जेठ । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् । काठमाडौं उपत्याा अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेका थिए ।..
टिममा सन्दीप जोडिएपछि धेरै फाइदा हुने कप्तान रोहितको प्रतिक्रिया
२९ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइण्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रिएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए । उनले श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति..
असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत..
देशका लागि कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण
२९ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् । डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् ।..
प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदै
२९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनु अगाडि नेपाल मजदकुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक , २०८१ अन्तर्गत युवा..
मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने
२९ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक डाकिएको छ । बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ । उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती..
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल आज जेनेभा जाँदै
२९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्याण्डको जेनेभा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी आज साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले बुधबार स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग भेटवार्ता गर्नेछन् त्यसको भोलिपल्ट ३१ ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन सत्रलाईसम्बोधन गर्नेछन् । असार १ गते उनले जर्मनी भ्रमण गर्नेछन् । जर्मनीको बर्लिनमा असार ३ गते त्यहाँका राष्ट्रपति फ्र्यांक वाल्टर स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७