कुवेत आगलागीमा मारिने ४९ मध्ये ४० भन्दा बढी भारतीय

३१ जेठ । कुवेतमा एक बहुतले भवनमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । त्यसमध्ये मृत्यु हुने ४० भन्दा बढी भारतीय नागरिक रहेका छन् । भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मृत्यु हुने अधिकांश भारतीय नागरिक भएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । आगलागी भएको भवनबाट हाम्फालेर..

बाह्रदशीमा अटोको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

३१ जेठ । झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर..

टी-२० बिश्वकप- भारत सुपर ८ मा प्रवेश

३१ जेठ । भारत आईसीसी पुरुष टी- ट्वान्टी बिश्वकपको शीर्ष आठमा स्थान बनाउन सफल भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो ।भारतको यो लगातार तेस्रो जित हो । भारतकाे जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ । अमेरिकाले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।..

मोदी र क्यानडाका प्रधानमन्त्री जस्टीन आमुनेसामुन्ने हुँदै

३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोबीच जी–७ सम्मेलनमा आमुनेसामुन्ने हुने भएको छ। दुई देशबीच केही महिनाअघिदेखि सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । जी–७ बैठक जुन १३ देखि १५ सम्म इटालीमा हुँदै छ । भारत जी–७ को सदस्य नभए पनि पाँचौँपटक आमन्त्रित सदस्यको रूपमा बैठकमा सहभागी हुँदै छ । क्यानडा र भारतका प्रधानमन्त्रीबीच भेटघाट हुने सम्भावनाका बारेमा भारतीय अधिकारीहरूले क्यानडाले भारतको विरुद्धमा उग्रपन्थीको वकालत गर्ने राजनीतिक..

सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन सचेतक बरालको माग

३१ जेठ । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरेकी छन्। नागरिकहरू आज पनि सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सो अवस्था हटाउन सरकारको ध्यनाकर्षण गराएकी हुन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन् । बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह..

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

३१ जेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने मौसम विभागको पूर्वानुमान तथा बालबालिकाको स्वास्थ्यलाई दृष्टिगत गरी तीन दिन गर्मी बिदा थप गरिएको बताए ।..

नारायणगढ–मुग्लिन सडकमा २५ ठाउँ पहिरोको जोखिम

३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन् । मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र..

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रसियाले आक्रमण गर्दा ९ जनाको मृत्यु

३१ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रसियाले मिसाइल आक्रमण गर्दा कम्तिमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । सो आक्रमण युक्रेनको दक्षिणी सहर क्रिभ्यी रिहमा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार बुधबार आवासीय भवनमा भएको सो आक्रमणमा पाँच बालबालिका पनि घाइते भएका छन् । यसअघि चारजना हराइरहेको जनाइएको थियो । आपतकालीन सेवा, प्रहरी र स्वयंसेवकहरू विध्वंस भएको स्थलमा खटेका छन् भने..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकियो ब्राजिल

३१ जेठ । सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ। क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले राफिन्होको पासमा गोल गरे। तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित..

सभामुख देवराज घिमिरेसँग युएईका राजदूतको शिष्टाचार भेट

३० जेठ । सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन्। भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गरे । उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना..