फिफा विश्वकप २०२६ छनोट- अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै

२९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा सुरु हुनेछ । सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४–० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५..

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

२८ जेठ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा सोमबार भएको भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री प्रचण्ड र फिक्कीका पदाधिकारीहरूले छलफल गरेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले भारतीय लगानीकर्ताका लागि उपयुक्त देश नेपाल भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह..

झूटा प्रचारको पछाडि नलाग्न सन्दीपको आग्रह

२८ जेठ । स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको निरन्तर प्रयासले ट्वान्टी-२० विश्वकपमा सहभागी हुन सम्भव भएको भन्दै ‘झूटा प्रचारको पछाडि नलाग्न’ आग्रह गरेका छन्। उनले सोमबार बिहान सेन्ट भिन्सेन्ट एन्ड ग्रानडाइन्स, वेस्ट इन्डिजबाट आफ्नो फेसबुकमा पोष्ट गरेका छन्, ‘अध्यक्ष चतुर सर, सचिव एवम् मेरा प्रिय पारस दाइ ... प्रति आभारी छु, जसको असाधारण लगाव र प्रयासमा आइसिसीसँग समन्वय गर्दै यो विश्वकपमा सहभागी हुन मेरो..

भारतमा किशोरी बेच्न लैजाँदै गरेको अवस्थामा ललितपुरबाट दुई जना पक्राउ

२८ जेठ । भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले १४ वर्षीय किशोरीलाई प्रहरीले ललितपुरबाट उद्धार गरेको छ । किशोरीलाई उद्धार गरेर बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् । यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर..

राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस

२८ जेठ । राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेस गरेका हुन्। सांसद शेर्पाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रबन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्नुपरेको बताए । प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो..

मोदीको नेतृत्वमा नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

२८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारत र नेपालबिचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । शपथ ग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताए । सन्देशमा..

विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला

२८ जेठ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् । आइतबार..

चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको पुन:नामकरण गर्दै

२८ जेठ । इलामको चुलाचुली गाउँपालिकाले संस्थागत विद्यालयको नाम नेपाली भाषा (देवनागरी) मा पुनःनामकरण गर्ने भएको छ । यसअघि अङ्ग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार अङ्ग्रेजी तथा विदेशी नाम राखेका संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने गरी पुनःनामकरण गर्नुपर्ने निर्णय गरिएको हो । गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले..

दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको खेलकुदमन्त्रीद्वरा निरीक्षण

२८ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्। आइतबार उनले उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्यान्ड मिन्टन हललगायत संरचनाको निरीक्षणसँगै प्रगति विवरणबारेमा जानकारी लिए । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जायलले पूर्वाधारको अवस्थाका बारेमा विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै..

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतद्वरा प्रमाण झिकाउन आदेश

२८ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा सर्वाेच्च अदालतले प्रमाण झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै जिल्लामा रहेका उजुरीसहित सहकारी ठगी प्रकरणमा सीआईबीको प्रतिवेदनको प्रमाणित कपी झिकाउने आदेश भएको रिट निवेदक अधिवक्ता अनुपम भट्टराईले जानकरी दिए । उनका अनुसार लामिछानेको सचिवालयले समाचार आएका आधारमा खण्डन गर्दै पठाएको पत्रसमेत झिकाउन सर्वाेच्चले आदेश दिएको छ । “उपप्रधान तथा गृहमन्त्री लामिछाने..