सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता

सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता

१ असार । सुनकोशी नदीमा एक जना पुरुष बेपत्ता भएका छन् ।

सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय खुर्काेटका अनुसार काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेका हुन् ।

प्रहरीले उनका आफन्तलाई खबर गरेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर