कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने

२ असार । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा..

बर्षाको कारण पुलमा क्षेती

२ असार । शनिबार राती देखी परेको अबिरल बर्षाको कारण झापाको भद्रपुर नगरपालीका वडा नं. स्थित १ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षती पुगेको छ । पानीले क्षती पुर्‍याएपछि अहिले पुल नै जोखिम अवस्थामा रहेको छ । मेची राजमार्ग सडक खण्डमा भद्रपुरदेखी बनियानी केचना आवतजावत गर्ने सवारी साधनहरु अवरुद्ध भएका छन् । प्रहरीले डाईभर्टसन गराई बैकल्पिक मार्गद्धारा यातायात सुचारु गराएको जानकारी दिएको छ ।

पाथीभरामा साढे १६ लाखभन्दा बढी भेटी संकलन

२ असार । पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले जेठमा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए । संकलित भेटी बैंकमा जम्मा गरिएको समितिले जनाएको छ । समितिले प्रत्येक महिना मन्दिरमा भेटी संकलन भएको रकम सार्वजनिक गर्दै आएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा..

कृषि विकास सहकारी घोटाला प्रकरणमा संलग्नहरू पक्राउ

२ असार । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो । बचकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । सहकारी अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।

चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री प्रचण्ड

२ असार । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्। दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए । विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू..

बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री जम्मरकट्टेलद्वरा असन्तुष्टि व्यक्त

२ असार । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । ‘उहाँले पारित बजेटको..

पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षहरुलाई बालेनको चेतावनी

२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन्। आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६०..

रौतहटका अलग–अलग स्थानमा दुई युवाको शव फेला

२ असार, रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ। मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् । सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।..

चितवनमा सुनचाँदी पसलमा लुटपाट

२ असार । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन्..

ट्वान्टी–२० विश्वकप- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटमा

२ असार । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई  डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित गर्दै इंग्ल्यान्ड दुई महत्त्वपूर्ण अंक जोडेको थियो। आइतबार बिहान समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले  स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै इंग्ल्यान्ड सुपर एटमा पुगेको हो। समूह ‘बी’मा अस्ट्रेलियाले शतप्रतिशत जितसहित आठ अंक जोड्यो। अस्ट्रेलियासँगै सुपर एटमा पुगेको इंग्ल्यान्डले चार खेलबाट पाँच अंक जोड्यो। समान खेलबाट..