युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रसियाले आक्रमण गर्दा ९ जनाको मृत्यु

३१ जेठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रसियाले मिसाइल आक्रमण गर्दा कम्तिमा नौजनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । सो आक्रमण युक्रेनको दक्षिणी सहर क्रिभ्यी रिहमा भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले जनाएअनुसार बुधबार आवासीय भवनमा भएको सो आक्रमणमा पाँच बालबालिका पनि घाइते भएका छन् । यसअघि चारजना हराइरहेको जनाइएको थियो । आपतकालीन सेवा, प्रहरी र स्वयंसेवकहरू विध्वंस भएको स्थलमा खटेका छन् भने..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकियो ब्राजिल

३१ जेठ । सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ। क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले राफिन्होको पासमा गोल गरे। तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित..

सभामुख देवराज घिमिरेसँग युएईका राजदूतको शिष्टाचार भेट

३० जेठ । सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन्। भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि ब्यक्त गरे । उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना..

बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने

३० जेठ । झापाको बिर्तामोडमा मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बिर्तामोडको फस्र्ट स्टेप फिटनेसले आगामी असोज १९ गते हुने जिल्लास्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगिताका अध्यक्ष तथा २०६४ का मिस्टर झापा, कलाकार सुवास मेचेले खेलाडी उत्पादन र प्रोत्साहन गर्ने मुख्य उद्देश्यसाथ प्रतियोगिता आयोजना गरिएको बताए । अध्यक्ष मेचेका अनुसार प्रतियोगिताको विजेताले नगद एक लाख ५१..

प्रधानमन्त्री प्रचण्डको निर्देशन- हस् भइहाल्छ भन्ने होइन, काम र व्यवहारमा रूपान्तरण चाहियो

३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताएका हुन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई ध्यान दिइ इमान्दार र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा..

संखुवासभामा पहिरोमा पुरिएर एकको मृत्यु

  ३० जेठ । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा..

रुसी सेनामा भर्ती भएका दुई भारतीय युक्रेनसँगको युद्धमा मारिए

३० जेठ । रुसी सेनामा भर्ती भएका दुई भारतीय नागरिक युक्रेनसँगको युद्धमा मारिएका छन्। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “हामी मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छाैँ । मस्कोमा रहेको हाम्रो दूतावासले रुसी रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई शव जतिसक्दो चाँडो स्वदेश फिर्ता गर्न दबाब दिइरहेका छन्।” भारतीय विदेश मन्त्रालयल र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय..

गिरीबन्धु टी–इस्टेटको सातबुँदे स्पष्टीकरण सार्वजनिक

३० जेठ । गिरीबन्धु टी–इस्टेटले सातबुँदे स्पष्टीकरण सार्वजनिक गर्दै अदालतको फैसलाले टी–इस्टेटको जग्गाको सट्टापटा नरोकिएको तर्क गरेको छ। बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी टी–इस्टेटका अध्यक्ष छत्र गिरीले जग्गा आफूहरूको निजी भएको भन्दै राज्यले दिएको छुट प्रयोग गरेको दाबी गरे । उनले अब अदालतले भनेका सर्त पूरा गरेर नै टी–इस्टेट स्थानान्तरण गर्ने बताए । यस्तो छ सातबुँदे दाबी पत्र १. गिरीबन्धु टी–इस्टेटले भूमिसम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि..

भोजपुरबाट बलात्कार आरोपमा एक युवक पक्राउ

३० जेठ । भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन्। मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको..

राष्ट्रपति रामचन्द्र पौडेल जेनेभामा

३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनले जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा..