राष्ट्रपति पौडेल बर्लिनमा

२ असार । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फ्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गगेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ प्रथम महिला..

६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ

२ असार । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ । आरोपीले चोरी..

युरोकप- क्रोएसियामाथि स्पेनको जित

२ असार । स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ। ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह बी को खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो। अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए। ८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका गुमायो।

ओली भन्छन्- मैले ५ अर्ब खाइसक्यो भनेर विरोधीहरूले भ्रमको तुँवालो फैलाउँदैछन्

१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रमको तुवाँलो तीव्र रुपमा फैलाएको दाबी गरेका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई कमजोर पार्न केपी ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर गरे । उनको भनाइ जस्ताको तस्तै प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका..

आँप टिप्ने क्रममा करेन्ट लागेर धनगढीमा किशोरको मृत्यु

१ असार, धनगढी । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको बताए । उनका अनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर..

लोक सेवालाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव

१ असार । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व..

फिफा वरियतामा नेपाल ९८औं स्थानमा

१ असार । नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल ९८औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १००औं स्थानमा थियो। दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेश तेस्रोमा रहेको छ।

संघमा मन्त्री घटाऔं, प्रदेश नयाँ ढंगले चलाउन संविधान संशोधन गरौं- गगन थापा

१ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारको मन्त्रालय घटाउनुपर्ने बताएका छन्। संघको मन्त्रालय घटाएर १०,१२ जना मात्रै मन्त्री बनाए पुग्ने उनको भनाइ छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संघ र प्रदेशको संसदको साइज घटाउनुपर्‍यो। संघको मन्त्रालय यत्रो राख्नै पर्दैन। संघमा १०,१२ जना मन्त्री बनाए हुन्छ। हामीले संविधानमा २५ लेखेका छौं। २५ नलेखेको भए अहिले प्रचण्ड नेतृत्वको सरकारमा ५० जना मन्त्री बन्ने रहेछन्। संघमा जस्तै प्रदेशमा पनि घटाउनुपर्याे।..

देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो- सुहाङ

१ असार । नेकपा एमालेका युवा नेता एवम् प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले अहिलेसम्मको ठूलो समस्या भनेको देशलाई नचिन्नु भएको बताएका छन्। संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो सम्भावनालाई नबुझ्नु समस्या भएको बताए । ‘हाम्रो अहिलेसम्मको सबैभन्दा समस्या ‘हामीले हाम्रो देशलाई नचिन्नु हो । हाम्रो सम्भावनालाई नबुझ्नु हो’, उनले भने, ‘जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि पर्यटन आउँदैन । त्यही बजेट हाल्छौं । जहाँ केही नबनाएपनि पर्यटक आइरहेका छन्,..

पहिरोमा परी एकै घरका ४ जनाको मृत्यु

१ असार । बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिममा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रविन साम्राका बुबा, कान्छी आमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो । रातको समयमा गएको पहिरोले एउटा घर बगाएको र निद्रामा भएकाले उनीहरूले भाग्न नपाएको आशंका प्रहरीको छ । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्यांक संकलनको..