उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

३० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए । उनले राजदूतसँगको भेटमा जलविद्युत तथा ऊर्जा क्षेत्रका साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीको ठोस प्रयास हुने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले भने, “नेपाल सन् २०२६..

अर्काको नागरिकता दुरुपयोग गर्ने भारतीय नागरिक पक्राउ

३० जेठ । अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय सुमन चापागाईलाई पक्राउ गरिएको बताइएको छ । बिहार मोतिहारी थाना केतवाड– ५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दैआएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो..

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

३० जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि..

अर्थ मन्त्रालय महाशाखा प्रमुखको जिम्मेवारी नारायण सापकोटालाई

३० जेठ । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाई प्रदान गरिएको छ। यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन । अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् । प्रशासन प्रमुखबाट हटाइएका डा. पाण्डे अर्थ मन्त्रालयमै छन् तर उनलाई जिम्मेवारी नतोकिएको मन्त्रालय स्रोतले जनाएको छ । सापकोटा..

नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले नेपाल क्रिकेट संघको नेतृत्व आर्थिक अपचलनमा संलग्न रहेको आरोप लगाएका छन् । टी–२० विश्वकप क्रिकेट खेलका सन्दर्भमा नेपालीका लागि प्राप्त टिकट र भीआईपी टिकटमै अनियमितता भएको उनको आरोप छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘८० डलल पर्ने टिकट १३५ मा बिक्री गरेको भन्ने आएको छ । ४०० टिकट र २० वटा भिआइपी पासको पनि अवैध ढंगले बिक्री गरेको..

खच्चडको मालिकलाई क्षतिपूर्ति दिन सांसद सीताकुमारी रानाको माग

३० जेठ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन्। यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो । यो विषय प्रतिनिधि सभाको बैठकमा उठाउँदै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् । पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले..

नेपालका लागि सन्जिव विष्टको डेब्यू गोल

३० जेठ । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको समूह एचको अन्तिम खेलमा नेपालले यमन विरुद्ध गोल र अंक दुवैको खडेरी तोड्यो । सन्जिव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा नेपालले यमनसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । त्यसमा नेपालका लागि पहिलो गोल गर्ने खेलाडी थिए सन्जिव विष्ट ।..

नेपाल र श्रीलंकाबीचको खेल रद्द- दुवै टोलीले एक एक अंक बाँडे

३० जेठ । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ। वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो। श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो।  तर, वर्षाको कारण खेल रद्द भयो। फ्लोरिडामा मंगलबार (स्थानीय समय) वर्षा भइरहेको थियो। वर्षाको कारण श्रीलंकाको अभ्यास पनि प्रभावित भएको..

भरतपुरका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

३० जेठ । भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५०८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ। महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मङ्गलबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । हाल ३० हजार ५५५ जना विदेशमा रहेका र ११ हजार २३१ जना नेपाल फर्किएका..

कप्तान किरणको नाममा १००औं अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान

३० जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले नेपालका लागि एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन्। फिफा विश्वकप २०२६ को दोस्रो चरणको छनोट अन्तर्गत साउदी अरेबियाको दम्मानमा यमनविरुद्ध भएको खेलमा किरणले नेपालका लागि १०० क्याप जित्ने पहिलो खेलाडी बन्दै दुर्लभ कीर्तिमान बनाएका हुन् । प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको खेलमा नेपालले गोल र अंक दुवैको खडेरी तोडेको थियो । सन्जीव विष्ट र जिलेस्पी जंग कार्कीको गोलमा..