ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

२६ असार ताप्लेजुङ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।  

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश

२६ असार । क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो । अमेरिकाको न्यु जर्सीमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका भएको खेलमा अर्जेन्टिनाको लागि पहिलो गोल २२ औँ मिनेटमा जुलियन अल्भारेजले गरे । दोस्रो हाफको ५१ औँ मिनेटमा लियोनल मेसीले एक गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए । दोस्रो सेमिफाइनलमा..

गाजामा विस्थापितहरुको अस्थायी शिविरमा आक्रमण हुँदा २९ जनाको मृत्यु

२६ असार, काठमाण्डौँ । दक्षिणी गाजामा विस्थापितहरुको अस्थायी शिविरमा इजरायलले आक्रमण गर्दा २९ जनाको मृत्यु भएको छ । इजरायलले भने आफ्नो आक्रमण विस्थापित भएकाहरुमाथि लक्षित नभई हमासका लडाकुहरुप्रति लक्षित रहेको जनाएको छ । शरणार्थी शिविरमा आक्रमण भएको भए त्यसको जाँच गर्ने इजरायलले जनाएको छ । हमासले सन्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने खान युनिसको पूर्वतर्फ पर्ने अबसाना अल कबिरा गाउँमा रहेको अल आवदा स्कुलको गेट अगाडि हवाई हमला भएको थियो ।..

नयाँ सरकारमा एमालेबाट मन्त्री बन्न सांसहरुको दैडधुपः को को छन् चर्चामा ?

२५ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार ओली प्रधानमन्त्री हुने र त्यसमा कांग्रेसबाट १० जना र एमालेबाट ९ जनाले मन्त्रीको जिम्मेवारी पाउनसक्ने आंकलन छ । एमालेको भागमा पर्ने ९ मन्त्रालयका लागि अहिले २ दर्जनजति सांसद लबिङमा लागेका छन् । को को छन् चर्चामा एमालेले गत फागुनमा..

अब स्थानीय र प्रदेश सरकारले आन्तरिक र वैदेशिक ऋण लिन मिल्ने

२५ असार, काठमाण्डौँ । यसअघि संघीय सरकारले मात्र लिइरहेको आन्तरिक ऋण अब स्थानीय र प्रदेश सरकारले समेत लिन पाउने भएका छन् । कानुन अभावमा तल्ला सरकारले आन्तरिक ऋण उठाउन पाएका थिएनन् । सरकारले १ चैत २०८० देखि लागु हुने गरी सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । यो नियमावली कार्यान्वयनमा आएसँगै स्थानीय तहले आगामी आर्थिक वर्षबाट आन्तरिक ऋण समेत उठाउन पाउने भएका हुन् । कानुन अभावले चालु आर्थिक..

नगरसभा सदस्यको बालेनलाई सुझावः नेतालाई गाली गरेर तपाईको हैसियत बढ्दैन

२५ असार, काठमाण्डौँ । फेसबुकबाटै स्थगन भएको काठमाडौं नगरसभाको १५औं अधिवेशनले नीति तथा कार्यक्रम पारित गर्दा नगरसभा सदस्यहरुले मेयर बालेन्द्र शाहलाई अरुको पनि सम्मान गर्न सुझाव दिएका छन् । आज मंगलबारको नगरसभा अधिवेशनमा मेयरले दिएको समयमा बोल्दै नगरसभा सदस्य शर्मिला परियारले नगरसभा स्थगन र सञ्चालन ‘फेसबुकबाटै गर्ने हो अबदेखि’ भनेर प्रश्न गरिन् । उनले सामाजिक सञ्जालबाटै नगरसभा चलाउन लागेको हो कि भनेर मेयरलाई प्रश्न गरेकी हुन् । वडा नम्बर ३..

संविधानको धारा ७६ को २ अनुसार नै सरकार बन्छः शेखर कोईराला

२५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्। जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए।

एमाले–कांग्रेस सरकारको गृहमन्त्रीमा रमेश लेखक करिब निश्चित

२५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसभित्र अब बन्ने एमाले–कांग्रेस सरकारमा मन्त्री पठाउनेबारे छलफल थालिएको छ । सभापति शेरबहादुर देउवाले यसपटक गृहमन्त्री बनाएर केपी शर्मा ओली नेतृत्वको सरकारमा रमेश लेखकलाई पठाउने करिब निश्चित भएको छ । नेता लेखक देउवाका विश्वापात्र हुन् । कांग्रेस–एमाले नयाँ गठबन्धनको सूत्रधारको रुपमा चिनिएका लेखक यसपटक गृहमन्त्री बन्ने पक्का भएको बुढानिलकण्ठ स्रोतको दाबी छ । एमाले अध्यक्ष ओलीले पनि नेता लेखकलाई नै रुचाएका छन् । कांग्रेस र..

झापामा नेपाल–भारतबीच सीमा सुरक्षासम्बन्धी छलफल

२५ असार, झापा । नेपाल–भारतबीच सीमा सुरक्षासम्बन्धी छलफल भएको छ । भद्रपुर–८ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापामा जिल्ला प्रशासन कार्यालय झापाले इन्डो नेपाल बोर्डर कोअर्डिनेटर कमिटीको बैठक आयोजना गरेको थियो । बैठकमा विपद् व्यवस्थापन, सीमा तथा सीमा स्तम्भ, दशगजामा लगाएको खेतीबाली हटाउने, सीमा अपराध, लागू औषध नियन्त्रण, अपराधीहरूको सेल्टर पहिचान, मानव बेचबिखन तथा ओसारपसार, सीमापार अवैध बसाइँसराई, अवैध चोरी निकासीरपैठारी तथा अन्य समसामयिक विषयमा छलफल भएको..

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु, तीन घाइते l

२५ असार, रुकुम  । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम्..