२ साउन, इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८०।०८१ मा दश करोड ९८ लाख ७४ हजार तिन सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी साधन कर तर्फ आठ करोड ४४ लाख बत्तिस हजार छ सय ७८ र व्यवसाय दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार पन्द्र रुपैया र यातायात क्षेत्रको आम्दानीबाट ५८ लाख ४३ हजार छ सय ८० रुपैयाँ सङ्कलन गरेको कार्यालयका प्रमुख खग्रेन्द्र मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० मा दश करोड २ लाख ४१ हजार पाँच सय ८६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो यस्लाई हेर्दा ९५ लाख बढिले बृद्धि भएको हो ।