बिर्तामोडले आफ्नै स्रोतबाट ३५ सय मिटर खानेपानीको पाइपलाईन विस्तार गर्यो

२५ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा नगरको स्रोतबाट मात्रै ३५ सय मिटर खानेपानीको पाइपलाईन विस्तार गरेको छ । नगरपालिकाले योजनाको प्रगति विवरण सार्वजनिक गर्दै खानेपानीमा ३५ सय मिटर पाइप विस्तार गरेको जनाएको हो । बिर्तामोड नगरपालिकाले आफ्नै बजेटबाट सम्पन्न गरेको विभिन्न योजनाको प्रगति सार्वजनिक गर्दै कालोपत्रे ११.६३ किमि निर्माण गरेको जनाएको छ । ५ वर्षमा नगरपालिकाले ९१ किलोमिटर सडकमा कालोपत्रे गरिसकेको छ । पूर्वाधार विकास तथा..

झापाको दमकमा उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा

२५ असार, झापा । झापाको दमक नगरपालिकाले उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुरक्षित महिनावारीमा जोड दिन हरेक महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड प्रदान गर्ने तथा स्वास्थ्य सचेतना समेत दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको हो । कार्यक्रमको नगर प्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराई प्रसाईले महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सेनेटरी प्याड दिएर शुभारम्भ कार्यक्रमको शुभारम्भ गर्नुभयो । नगर प्रमुख थापाले ‘दमक नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’..

इलामको मलातेमा भेटियो चरिबाघ

२५ असार, इलाम । इलाम नगरपालिका वडा नं. ४ मलातेमा चरिबाघ भेटिएको छ । लेकाली क्षेत्रमा पाइने चरिबाघ इलामको तल्लो क्षेत्रमा देखिएको हो । एक माउ र दुई बच्चा चरिबाघ देखेर स्थानीयले वडा कार्यालयमा खबर गरेपछि वडा कार्यालयले डिभिजन वन कार्यालय इलाम र जिल्ला प्रहरी कार्यालय इलामलाई खबर गरेको थियो । अहिले मलातेमा भेटिएका चरिबाघको उद्धार गरिएको इलाम नगरपालिका ४ का अध्यक्ष नुतनदेव दुलालले बताए ।  

महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न अनुशासन आयोगको सिफारिस

२५ असार, काठमाण्डौँ । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय..

अविरल वर्षाका कारण सुनसरी र मोरङका सडकमै खोला बग्न थाले

२५ असार, सुनसरी । सोमबार रातिदेखि परेको अविरल वर्षाको कारण सुनसरी र मोरङका धेरैजसो स्थान जलमग्न भएका छन् । सुनसरीको चतरा, धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्षा भइरहेको छ । ती क्षेत्रमा लगातार भारी वर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । सुनसरीको सेउती, सर्दु, टेङ्ग्रा र बुढी खोलामा ठूलो बाढी आएको छ । यस्तै मोरङको चिसाङ, लोहान्द्रा केसलीयामा पनि बाढी..

विराटनगरमा ग्याङ फाइटः एकको मृत्यु, दुई गम्भीर घाइते

२५ असार, विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते..

मनसुन सुरु भएयता ७४ जनाको मृत्यु, ८८ जना घाइते

२४ असार, काठमाण्डौँ । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक..

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l

महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..

सहसचिवको घरमा चोरी गर्ने समूहमा एमाले जिल्ला कमिटीका पूर्वसदस्य !

काठमाडौं । गत जेठ २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एकजना सहसचिवको घरमा चोरी भयो । ललितपुर भैँसेपाटी बस्दै आएका सहसचिवले घरबाट सुनका गरगहना तथा नगद गरी २८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको उजुरी प्रहरी दिएका थिए । चोरीको उजुरीपछि ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी तीब्र पार्‍यो । उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले चोरीमा संलग्न रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर..

भुटानमा तेस्रो सन्तान जन्माउने आमालाई तीन वर्षसम्म रकम दिइने l

थिम्पु । भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ । भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको..