समाचार
स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए । सांसद बजगाईँले भने( एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति..
लुम्बिनीमा बजेट खर्च रोक्का l
सञ्चित कोषमा रकम कम भएको भन्दै लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले बजेट खर्च रोक्का गरेको छ । लेखा नियन्त्रकको कार्यालयले प्रदेशभरका लेखा इकाइ कार्यालयहरुलाई पत्र लेख्दै रकम निकासा नगर्न भनेको छ । प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले मातहतका इकाइलाई परिपत्र र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बोधार्थ दिँदै प्रदेश सञ्चित कोषमा रकम न्यून भएकाले आफ्नो स्वीकृति बेगर खर्चको रकम निकासा नगर्न अनुरोध गरेका छन् । यससँगै सरकारी निकायका निर्माणका काम..
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम
२४ असार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरूप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो । पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख..
असारको तस्रो हप्तासम्म ३९ प्रतिशत मात्र धान रोपाइँ
२४ असार, झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यो पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो । गत वर्ष २३ असारसम्म ४२ दशमलव ९ प्रतिशत अर्थात ६..
झापाको बुद्धशान्तिमा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास
२४ असार, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा नेपालकै तेश्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको सोमबार एक कार्यक्रमका बीच नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले शिलान्यास गर्नुभएको हो । बुद्धशान्ति–७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको धार्मिक विधि अनुसार पुजा गरेर महामन्त्री शर्माले शिलान्यास गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यो पुल..
महाकाली नदीले खतराको तह पार गर्यो, शारदा ब्यारेजमा सवारी आवागमनमा रोक
२४ असार, काठमाण्डौँ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ । नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे..
आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने
२४ असार, काठमाण्डौँ । आज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए । “आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता..
असार २८ गतेसम्म मन्त्रालयको भागबण्डा टुङ्गो लाग्छः एमाले
२४ असार, काठमाण्डौँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ । एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस–एमाले मिलेर सरकार गठन गर्ने बाटो..
रोङ गाउँपालिकामा ‘रोङ प्रतिभाको खोजी’ फाइनल अडिसन सम्पन्न
२३ असार, इलाम । इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजीको फाइनल अडिसन सम्पन्न भएको छ । गायन, नृत्य र कबिता बिधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोश्रो र आरध्या अर्याल तेश्रो भएका छन् । त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भूजेल पाचौ भएका छन् । त्यसैगरी गायनमा अर्जुन खड्का प्रथम, शौगात शुब्बा दोश्रो र एलिना राई तेश्रो घोषित भएका छन् । गायनमा देबधन..
धारिलो हतियार प्रहार गरी फरार सदा पक्राउ
२३ असार, झापा । झापाको कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । सप्तरी राजबिराज नगरपालिका ११ स्थायी ठेगाना भई कमल–६ कै नाता पर्ने फूसन सदाको घरमा बसी सिटी सफारी चलाउदै आएका ४१ वर्षीय सदाले शनिवार विहान घरमा सुतिरहेकी सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएका थिए ।..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७