समाचार
प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली
३० असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए । ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।
सत्तामा ओलीको इन्ट्रीः परमादेशबाट बहिर्गमन, जनादेशबाट पुनरागमन
३० असार, काठमाण्डौँ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली नेपाली राजनीतिको केन्द्रमा रहेका एक राजनीतिज्ञ हुन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुईतिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको..
प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद
३० असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’ चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका..
झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२९ असार, झापा । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरी अभियान अगाडि बढेको बताए । यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न लागिएको जानकारी दिदैं उनले यस..
ओलीको प्रधानमन्त्री नियुक्ति र सपथग्रहण आईतबार मात्रै हुने
२८ असार, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतवार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ..
दाबी पेश गरेर देउवा–ओली सहितका नेताहरु शीतल निवासबाट बाहिरिए
२८ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दाबी पेश गरेका छन् । राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात
२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले दिनभरी खोजी कार्य जारी राखेपनि यात्रुहरु फेला पार्न नसकेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना गरी ७० जना परिचालित..
दाबी पेश गर्न ओलीसहित दुवै दलका नेताहरु शीतल निवास
२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । ओलीसहित दुवै दलका नेताहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा आजै दावी पेश गरिएको हो । प्राकृतिक विपत्तिका बेला सरकार कामचलाउ राख्न नहुने भन्दै आजै राति प्रधानमन्त्री नियुक्त गर्न दुवै दलका नेताहरुको सुझाव..
झापामा मिटरब्याज सम्बन्धी ८३ उजुरी दर्ता
२८ असार, झापा । झापा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उहाँका अनुसार आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढ्न सक्ने अनुमान छ..
प्रधानमन्त्री प्रचण्डले आज पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने
२८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७