प्रतिबन्धित लागूऔषधसहित दमकमबाट एक दम्पत्ती पक्राउ

२७ असार, झापा । प्रतिबन्धित लागूऔषधसहित झापाको दमकमबाट गएराति एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम, महमाई नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूसहित उनका श्रीमती २४ बर्षिया सुनिता राईलाई ४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी..

देउवा भेट्न पुगे प्रकाशमान दम्पती, देखाए सरकारमा जाने ईच्छा

२७ असार, काठमाण्डौँ । सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाबाहेक प्रायः सबै सांसद मन्त्रीका आकांक्षी छन् । यसपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सरकारको नेतृत्व गरेर जान सिनियर नेताहरूले सभापति देउवासँग भेटघाट गरिरहेका छन् । हालैमात्र दिल्लीमा उपचार गराएर फर्किएका कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले बुधबार बिहान देउवालाई भेटेर आफ्नो स्वास्थ्य अवस्था र सरकारमा जाने चाहना खुलेरै व्यक्त गरेका छन् । पत्नी सिर्जना सिंहसहित गएका नेता सिंहले..

बूढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्तामा नयाँ सरकार गठन, मन्त्रीहरुको सहभागीता लगायतका विषयमा छलफल भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । करिब दुई घण्टा भएको छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल र कांग्रेसका रमेश लेखक पनि सहभागी थिए । कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि..

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा

२७ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको थियो । सोहि माग अनुसार माईपोखरी कृषि सहकारी संस्था सन्दकपुर ३ ले कृषि एम्बुलेन्स संचालनको जिम्मा पाएको छ । कृषि उपज सामग्री ग्रामीण क्षेत्रबाट बजारसम्म पुर्याउनका लागि सहयोग पुगोस्..

ओली नेतृत्वको सरकारमा मन्त्री बन्न गगनको ‘लविङ’

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क–कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका छन् । यसपटक कांग्रेसबाट पदाधिकारी तहबाटै सरकारको नेतृत्व गरेर जाने कि अरु कसैलाई पठाउने भनेर सभापति शेरबहादुर देउवा कुनै निश्कर्षमा पुगिसकेका छैनन् । तर, महामन्त्री गगनकुमार थापाले भने आफूपनि सरकारमा सहभागी हुनेगरि आफूलाई मुभ गराएका छन् । महामन्त्री थापाले नै..

रबिले पार्टीलाई क्लब जस्तो गरि चलाएः मुकुल ढकाल

२६ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा..

झापामा डेंगु रोगको सङ्क्रमण बढ्दो

२६ असार, झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको छ । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ..

असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने ओलीको भनाई

२६ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् । असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदैछन् । प्रचण्डले सो दिन विश्वासको मत (१३८ सांसदको साथ) प्राप्त..

इलाम दरबारमा सामुदायिक पुस्तकालयको उदघाटन

२६ असार, इलाम । इलाम दरबारमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो । अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए । पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गरेका थिए ।  ..

नाउपाले फिर्ता लियो प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन

२६ असार, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको छ । नाउपाले हालै संसदीय दलको नेता फेरेको थियो । रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सी संसदबाट विश्वासको मत लिँदैछन् । यस..