विद्युत काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको तयारी

८ साउन, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगमा लाइन जोड्ने तयारी गरेको छ । यद्यपि प्राधिकरण सञ्चालक समितिमा लाइन जोड्ने निर्णमा दुईजनाले फरक मत राखेका छन् । भने एक जनाले हस्ताक्षर गर्न बाँकी रहेको प्राधिकरण स्रोतले बतायो । प्राधिकरण स्रोतका अनुसार पैसा उठ्ने ग्यारेन्टी नभई लाइन जोड्न नहुने दुईजनाले अडान लिएका हुन् । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको..

भारत र नेपालका गोताखोर टोलीले पनि भेट्न सकेन त्रिशूलीमा खसेको बस र यात्रु

७ साउन, चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन् । त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन् । भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न..

काँकडभिट्टाको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

७ साउन, झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात..

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

६ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले । विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्‍यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेसको समर्थनमा..

कांग्रेसको जवाफ आएपछि कोशीमा एमाले–कांग्रेसको सरकार बन्छः मुख्यमन्त्री कार्की

४ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् । आज शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरणभन्दा फरक रहने सोच नभएको भन्दै त्यहीअनुसार सरकार बन्ने बताए । सरकार पुनर्गठनका लागि कांग्रेससँग छलफल भइरहेको भन्दै ठोस जवाफ आइनसकेको कार्कीले सुनाए । उनले भने, ‘कांग्रेसको जवाफ पर्खिरहेका छौं । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको..

माओवादी, रास्वपा र एसले ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

४ साउन, काठमाण्डौँ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन..

झापामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या धेरै

४ साउन, झापा । आर्थिक वर्ष २०८०–८१ मा झापामा नागरिकता बनाउनेको भन्दा राहदानी बनाउनेको संख्या धेरै रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा १८ हजार चार सय ६५ जनाले नागरिकता बनाउँदा २५ हजार सात सय २७ जनाले राहदानी बनाएका छन् । झापामा गत आर्थिक वर्षको साउनदेखि असोजसम्म सबैभन्दा धेरैले राहदानी बनाएको देखिन्छ । तीन महिनामा झापामा छ हजार सात सय ७१ जनाले..

अमेरिकी दूतावासलाई लेखेको पत्र बाहिरिएपछि उपसभामुख दवावमा

४ साउन, काठमाण्डौँ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई..

झापामा सवारीसाधन कारबाहीबाट ३ करोड ८६ लाख राजस्व सङ्कलन

४ साउन, झापा । झापामा गत आर्थिक बर्ष २०८०।८१ मा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक गौतमका अनुसार गत आर्थिक वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक..

झापामा एक वर्षको अवधीमा सवारी दुर्घटनामा ८७ जनाको मृत्यु

४ साउन, झापा । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो । सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन..