दाबी पेश गर्न ओलीसहित दुवै दलका नेताहरु शीतल निवास

२८ असार, काठमाण्डौँ । नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । ओलीसहित दुवै दलका नेताहरु शीतल निवास पुगिसकेका छन् । राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेकोमा आजै दावी पेश गरिएको हो । प्राकृतिक विपत्तिका बेला सरकार कामचलाउ राख्न नहुने भन्दै आजै राति प्रधानमन्त्री नियुक्त गर्न दुवै दलका नेताहरुको सुझाव..

झापामा मिटरब्याज सम्बन्धी ८३ उजुरी दर्ता

२८ असार, झापा । झापा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उहाँका अनुसार आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढ्न सक्ने अनुमान छ..

प्रधानमन्त्री प्रचण्डले आज पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने

२८ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

२८ असार, काठमाण्डौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ गठबन्धन गर्ने समझदारी भएपछी एमालेले समर्थन फिर्ता लिएको थियो ।

पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु

२८ असार, कास्की। निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका(१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए । घटना परी कुल बहादुर परियार, ४३ वर्षीया..

६५ जना यात्रुसहित त्रिशुलीमा बेपत्ता बसको खोजी गर्न गोताखोरसहित ५५ जना परिचालन

२८ असार, काठमाण्डौँ । पहिरोमा परी त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता रहेका छन् । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । बीरगन्जबाट आएको गाडीमा..

नारायणगढ–मुग्लिन सडकबाट त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी कार्य सुरु

२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ । आज बिहान वीरगञ्जबाट..

इलाममा पुनः पशु सेवा प्रदान गर्ने कार्यालय स्थापना

२७ असार, इलाम । इलाम जिल्लाबाट हटाइएको पशु सेवा प्रदान गर्ने कार्यालय पुनः स्थापना गरिएको छ । पशु सेवा कार्यालय हटाएर कोशी प्रदेश सरकारले इलाम र झापा हेर्ने गरि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापामा स्थापना गरिएको थियो । इलाममा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्रै राखिएकोमा अहिले कोशी प्रदेश सरकारले पुनः स्थापना गरेको हो । साउन १ गतेबाट पुर्ण रुपमा संचालनमा आउने भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र प्रदेश..

गगन, शेखर र विश्वप्रका सरकारमा नजाने, प्रकाशमानको संभावना बढ्दै

२७ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकारमा पार्टीको नेतृत्व गरेर जाने प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । कांग्रेसमा भने मन्त्रीहरु छनोट सुरु भइसकेको छ ।..

मुख्यमन्त्री सोडारीकी पत्नी नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर

२७ असार, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी पत्नी गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् । आज (बिहीबार) विशेष अदालतका न्यायाधीशत्रय अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो । गीताले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षको जागिर खाएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीको आधारमा छानविन गरी गीताविरुद्ध मुद्दा दायर गरेको थियो । उनी..