जिल्ला प्रशासन कार्यालय झापा उत्कृष्ट १७ औं स्थानमा

२४ साउन, झापा । जिल्ला प्रशासन कार्यालय झापाले कार्यसम्पादनमा ९५.२५ अंक प्राप्त गरेको छ । उक्त प्राप्ताङ्क अनुसार झापा उत्कृष्ट १७ औं स्थानमा रहेको छ । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०–८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् । कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम..

टीआरसी विधेयकको प्रतिवेदन तयार

२४ साउन, काठमाण्डौँ । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको प्रतिवेदन तयार भएको छ । २५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । आज समितिमा विधेयकलाई निष्कर्षमा र्पुयाउनका लागि छलफल भइरहेको छ । विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले..

समग्र हवाई सुरक्षा प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने उड्डयनमन्त्री पाण्डेको भनाई

२४ साउन, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाका विषयमा समग्र प्रणालीमाथि नै अध्ययन गर्ने बताएका छन् । प्रधानमन्त्रीसँग छलफल गरेपछि समग्र प्रणालीमाथि नै अध्ययन गर्नुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत, कानुनी, प्राविधिक, जनशक्ति हो कि भनेर अध्ययन गर्ने बताएका हुन् । हवाई क्षेत्रमा अनुगमन र नियमनको पाटोसमेत हेर्नुपर्ने बताउँदै उनले भने,..

पेरिस ओलम्पिकः अमेरिका २७ स्वर्ण सहित शिर्ष स्थानमा

२४ साउन । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्य..

झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण भएनन्

२३ साउन, झापा । झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ । झापा जिल्लामा हालसम्म साना ठुला गरी कुल ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ । तर नियमित नवीकरणका लागि भने हालसम्म ३१३ जना मात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ । बाकीले भने हालसम्म पनि हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपालले..

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद

२३ साउन, झापा । झापामा भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो । बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिनुभयो । यसैगरी अर्काे..

इलाम र देउमाई जोड्ने झोलुंगे पुल हेर्न आउनेको घुइँचो

२३ साउन, इलाम । इलाम र देउमाई नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुंगे पुल निर्माण नसकिँदै हेर्न आउनेको घुइँचो लाग्नथालेको छ । इलाम नगरपालिका–६ र देउमाई नगरपालिका–६ वडाबीच पुवाखोलामाथि बनेको यो झोलुंगे पुल तीन सय ६६ मिटर लम्बाईको छ । खोलाभन्दा करिब डेढ सय मिटर उचाईमा रहेको पुल आफैंमा पर्यटकीय भएकाले हेर्न आउनेको भिड लागेको हो । दैनिक सयौं मानिस पुल हेर्न र वारिपारि गर्न आउनेगरेको स्थानीय बुद्धिमान राईले जानकारी दिए ।..

नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलः एआइजी ज्ञवालीमाथि कारवाही हुँदै

२३ साउन, काठमाण्डौँ । नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलमा लागेका एआइजी श्याम ज्ञवालीमाथि कसुरदारसँग करोडौँ लेनदेन र पदीय दुरुपयोगका पर्याप्त प्रमाण भेटिएपछि कारबाही निश्चित भएको छ । एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ । छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ । मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको..

शेख हसिना अन्तिम समयसम्म पनि बल प्रयोग गरेर शक्तिमा बसिरहन चाहन्थिन्

२२ साउन, काठमाण्डौँ । धेरैले सोचेका थिएनन् कि १५ वर्षदेखि शक्तिमा रहेकी प्रधानमन्त्री शेख हसिना यसरी देश छाडेर जानेछिन् । बंगलादेशमा उनलाई धेरैले ‘आइरन लेडी’को उपमा समेत दिएका थिए । बंगलादेशको इतिहासमा कोही पनि सत्ताच्यूत भएपछि यसरी देश छाडेर जान बाध्य भएको थिएन । तर, शेख हसिना र उनकी बहिनी शेख रेहाना सोमबार हजारौं सहभागी प्रदर्शनका कारण देश छाड्न बाध्य भए । यस्तो परिस्थिति सिर्जना हुनुअघि आइतबार राति र सोमबार..

आज र भोलि यी ३४ जिल्लामा रात्रिबस नचलाउन आग्रह

२२ साउन, काठमाण्डौँ । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको ५ । ३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै..