बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजीनमा

२१ साउन, काठमाण्डौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा आएको हो । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ । हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको स्काइ न्यूजले उल्लेख गरेको छ ।

पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण

२० साउन, काठमाण्डौँ । नेपालकी प्रथम सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामुको नाममा चन्द्रमाको क्रेटरको नामाकरण भएको छ । नेपालमा हिमाल तथा राजमार्ग अनि हुलाक टिकट आदिमा नाम राखिएकी पासाङ ल्हामुको अमेरिकी सरकारको भौगर्भिक सर्वेक्षण एजेन्सीले यहि साउन १४ अर्थात जुलाई २९ साझ ७ः१८ मा चन्द्रमा क्रेटरको नामाकरण गरेको आफ्नो आधिकारिक वेबसाइटबाट जानकारी दिएको हो । चन्द्रमाको माइनस ८६ डिग्रीको क्रेटरलाई पासाङ ल्हामुको नाममा ल्हामु नामाकरण गरिएको बताएको छ..

मानिसलाई आक्रमण गर्ने बाघ १५ घण्टापछि नियन्त्रणमा

२० साउन, काठमाण्डौँ । चितवनमा मानिसलाई आक्रमण गरि घाइते बनाउने बाघको डार्ट सफल भएको छ । नारायणी किनारमा झण्डै १५ घण्टापछि बाघ नियन्त्रणमा लिइएको हो । मानिसलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राती नियन्त्रणमा लिएको छ । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान भरतपुर–२ का पशुपति श्रेष्ठलाई सो बाघले आक्रमण गरी घाइते बनाएको थियो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण..

झापामा एक सय आठ जनाले नेपाली नागरिकता त्यागे

२० साउन, झापा । झापामा यस आर्थिक वर्षमा एक सय आठ जना नागरिकले नेपाली नागरिकता त्यागेर गैह्र आवासीय नागरिकता लिएको पाइएको छ । नेपालीहरूले अन्यत्रको पिआर लिइसकेपछि नेपाली नागरिकता त्याग्नुपर्ने नियम रहेको र यस आर्थिक वर्षमा मात्रै एक सय आठ जना नेपालीहरूले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विश्वराज नेपालले जानकारी दिनुभयो । यता यस आर्थिक वर्षमा १८ हजार २२ जनाले..

राकेको फूलकोबी खान आयोग्य

२० साउन, झापा । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरेर नष्ट गरिएको छ । इलामको राँकेबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको..

इलामको पाथीभरा मन्दिरमा एक वर्षमा १ करोड ६६ लाख भेटी सङ्कलन

२० साउन, इलाम । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख ६१ हजार ९६ रुपैयाँ भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष ८०।०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्म सो परिमाणमा भेटी सङ्कल भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम सङ्कलन गरिएको हो ।..

झापामा सुपारीखेतीमा किसान आकर्षित बन्दै

२० साउन, झापा । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दाे आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । ‘व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै..

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

२० साउन, ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ । कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र..

सुमना लक्षित शिक्षामन्त्री भट्टराईको भनाई ‘लोकप्रियतावादी विचारले मात्र हुदैन’

२० साउन, काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् । प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् ।..

सुदूरपश्चिम प्रदेशः ५३ सांसदमध्ये २३ जनाले चाखे मन्त्रीको स्वाद

२० साउन, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले आइतबार ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै मियाँले आज साँझसम्मको समय दिएर संयुक्त सरकार निर्माणका लागि आह्वान गरेका हुन् । कांग्रेस संसदीय दलका नेता शाहले आज दिउँसो १ बजेपछि नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा..