समाचार
झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
२९ साउन, झापा । झापामा भूमिगत जलसिँचाइ आयोजनाबाट सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०–८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर किसानको जमिनमा सिंचाईको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय..
कोशीको प्रदेशसभा बैठक एक महिना देखी अनिश्चित
२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । १ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण..
इलाम घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
२८ साउन, इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०।८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना..
झापामा रैथाने हात्तीको सङ्ख्यामा वृद्धि
२८ साउन, झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ । “भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै..
झापामा बैकिङ कसुरको मुद्दा बढ्यो
२८ साउन, झापा । झापामा बैकिङ कसुरका मुद्दा बढेको छ । बैकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता हुने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा बढ्दै गएको प्रहरीले जनाएको छ । झापामा पछिल्लो तीन वर्षमा बैकिङ..
खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगर पछि हट्यो
२८ साउन, काठमाण्डौँ । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए..
मोदीलाई नेपाल भ्रमणको निम्तो
२८ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले यो तेस्रो कार्यकालमा पनि उच्च महत्व दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन नभएको भए मोदी यही साउनमा नेपाल भ्रमणमा आउने तयारी थियो । तर, नेपालमा सरकार परिवर्तन भएको कारण उनको भ्रमण एकाएक रोकिएको चर्चा छ..
कोशी प्रदेशमा आज सार्वजनिक बिदा
२५ साउन, विराटनगर । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
माछा पालनमा झापाका किसानहरुको आकर्षण
२५ साउन, झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको हो । आर्थिक वर्ष २०७९/०८० मा जिल्लाभरी नौ सय ७६ घरपरिवारले माछा पालन गरेका थिए । सो तथ्यांक आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा बढेर नौ सय ८१ पुगेको छ । झापामा चालू आर्थिक वर्षमा पाँच जना माछापालक किसान बढेको तथ्यांकले देखाएको छ ।..
इलामका दुई सामुदायिक वन रेडपान्डा संरक्षण क्षेत्र
२५ साउन, इलाम । इलामका दुई सामुदायिक वनलाई रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरिएको छ । इलाम नगरपालिका–३, पाटेनागीका पुवामाई र कालपोखरी थामडाँडा सामुदायिक वनलाई लोपोन्मुख रेडपान्डाको संरक्षण क्षेत्र घोषणा गरिएको हो । यो क्षेत्र इलाम नगरको एक मुख्य पर्यटकीयस्थल पनि हो । नगरकै अग्लो भू–भाग (तीन हजार ४२ मिटर उचाई)का रूपमा रहेको पाटेनागी लेकाली भेगमा पर्ने भएकाले यहाँबाट मनमोहक दृश्य हेर्न पर्यटकको बाक्लो उपस्थिति हुनेगरेको छ । यही क्षेत्रका दुई..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७