दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयले दियो ३० लाखको स्वास्थ्य उपकरण

१० भदौ, झापा । झापाको दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट रु ३० लाख मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ । दमक अस्पतालको सेवा विस्तारमा सघाउ पु–याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण शाहले जानकारी दिनुभयो । उहाँले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास..

कोशीमा मन्त्रालय थप हुदैँनः मुख्यमन्त्री कार्की

१० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताउनुभयो । काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५..

झापाको मेचीनगरमा निर्मित एक हजार शैयाको होल्डिङ सेन्टर प्रयोगविहीन

१० भदौ, झापा । झापाको मेचीनगर–१४ दुहागढीमा तीन वर्षअघि कोरोना महामारीको समयमा निर्मित एक हजार शय्याको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको छ । कोरोनाको दोस्रो लहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शय्याको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा रु २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो । चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा समान डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शय्यामा अक्सिजन आपूर्ति गर्न..

जसपाको सहअध्यक्षमा चेम्जोङ र महासचिवमा राउत मनोनित

१० भदौ, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् । त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । साथै त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो । अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा..

इलामका चर्चित वाद्यवादक राम दियालीको निधन

१० भदौ, इलाम । इलाम जिल्लाका चर्चित वाद्यवादक राम दियालीको आइतबार अपराह्न निधन भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण ८६ वर्षको उमेरमा उनको निधन भएको हो । इलाम नगरपालिका–७ घर भएका दियालीले नेपाली गीत–संगीतमा महत्वपूर्ण योगदान दिएका छन् । पूूर्वीय संगीतको पाठशालाझैं रहेको भारत दार्जिलिङमा वाद्यवादन सिकेर इलामलाई समेत आधुनिक र तारबाजाको प्रयोगतर्फ र्डोयाउनमा दियालीको अतुलनीय योगदान गरेको संगीतकर्मी सम्झिन्छन् । १९९५ सालमा इलाममै जन्मेर उनी २०१०।०१२ सालतिर भारत दार्जिलिङमा..

यो सरकारले फलानोलाई फसाऊ भनेर प्रहरीलाई निर्देशन दिँदैनः प्रधानमन्त्री ओली

१० भदौ, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन् । काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार चल्ने बताए । उनले भने, ‘ तपाईहरु ढुक्क भएर काम गर्नुस् अहिलेको सरकारले फलानोलाई फसाऊ भनेर तपाईहरुलाई निर्देशन दिँदैन । निर्दाेषलाई फसाऊ भन्दैन । निर्दाेष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दाेषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक..

कोशीमा विवादः मन्त्रालय फुटाउन मुख्यमन्त्री र कांग्रेस नेताबीच विवाद

८ भदौँ,  विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुन मन्त्रालय विभाजन हुनुपर्ने औपचारिक प्रस्ताव एमालेसमक्ष गरेको छ । एमालेले भने मन्त्रालय विभाजनको लागि औचित्य पुष्टि हुनुपर्ने र एक जना व्यक्तिको चाहनालाई पूरा गर्न मन्त्रालय विभाजन गर्न नहुने अडान राखेको छ । कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ९ वटा मन्त्रालय छन् । ४० सांसद रहेको नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा मन्त्रालय लिने र २९ जना सांसद रहेको..

सुनकोशी नदीमा गुडिरहेको गाडी खस्दा तीन जना बेपत्ता, खोजी कार्य जारी

८ भदौँ,  सिन्धुली । मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर गइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।..

अन्तरजातीय प्रेमपछि हत्या गरिएकी मीनाको गर्भमा भ्रूण रहेको पुष्टि

८ भदौँ,  म्याग्दी  ।  म्याग्दीको बेनी नगरपालिका-९ गिठिनी कालीमुल जंगलमा हत्या गरी गाडेको अवस्थामा फेला परेकी मीना परियारको गर्भमा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोस्टमार्टम गर्दा मीनाको गर्भमा मृत भ्रुण भएको पुष्टि भएको हो । २०८० पुस १६ गते राति सवा ११ बजे घरबाट बेपत्ता भएकी बेनी-९ तोरीपानीकी १९ वर्षीया मीनाको शव गत साउन २७ गते जंगलमा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जमिनमुनि गाडेको..

मेची भन्सार कार्यालयले साउन महिनामा संकलन गर्यो एक अर्ब २९ करोड राजस्व

८ भदौ, झापा । झापाको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०।८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । ‘मेची..