आज नागपञ्चमी पर्व, नागको पूजार्चना गरी मनाइँदै

२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको..

काँचो स्याउ सङ्कलन गरेको गोदाममा ताला लाग्यो

२५ साउन, जुम्ला । तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाइएको हो । उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले बताइन्..

दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

२५ साउन, काठमाण्डौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका अन्यमा..

सुर्खेत उडान गर्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो

२५ साउन, काठमाण्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्। “विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासी विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको..

बंगलादेशको अन्तरिम सरकारमा २६ वर्षीय दुई युवा, अरू को कस्ता ?

२४ साउन । बंगलादेशमा शेख हसिना नेतृत्वको सरकारको पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । बिहीबार राति उनीहरूले राष्ट्रपतिबाट शपथ लिएका हुन् । नवगठित सरकार १७ सदस्यीय हुने छ । यहाँ अन्तरिम सरकारमा सहभागी सदस्यहरूबारे संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । डा. मोहम्मद युनुस प्रोफेसर मुहम्मद युनुस 'ग्रामीण बैंक'का संस्थापक हुन् । ग्रामीण बैंकको स्थापना, लघुकर्जा र लघुवित्तको अवधारणालाई मार्गनिदेशन गरेकोमा युनुसलाई..

भलिबल खेलाडीको तलव ५ हजार, त्यो पनि चन्दा उएर !

२४ साउन, काठमाण्डौँ । काभा वुमन्स नेसन्स लिगको फाइनलमा नेपाल र भारतको खेल्दा बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा जति दर्शक थिए, बाहिर त्यति नै थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायतका नेताहरु पनि दर्शक दीर्घामा थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने तयारी थियो, तर मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेकाले अन्तिम समयमा गएनन् । भलिबल नेपालको राष्ट्रिय खेल हो,..

धरानमा खानेपानीको महसुल वृद्धिविरुद्ध आन्दोलन

२४ साउन, धरान । धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । मनोमानी..

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२४ साउन । जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन । गत जनवरी ९२०८० पुस० मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको..

यायोक्खाद्धारा झापाका पत्रकार खम्बू पुरस्कृत

२४ साउन, झापा । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाले स्थापना गरेको इन्द्रबहादुर–देउमाया स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट अर्जुनधारा–७ निवासी पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् । यायोक्खाको ३७ औं स्थापना दिवसको अवसरमा झापाको दमकमा बुधबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार खम्बूलाई सम्मान पत्रसहित नगद पुरस्कार १० हजार ३७ रुपैयाँसहित पुरस्कृत गरिएको थियो । प्रत्येक दुई वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यस अघि पत्रकारहरु दिपीन राई, रमेश समदर्शी, अनिलदेव..

सुतेकै ठाउँमा सर्पले डस्दा झापमा एकको मृत्यु

२४ साउन, झापा । विषालु सर्पले डस्दा झापाको मेचीनगरमा एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि अस्पताल र्पुयाउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।